Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

श्रमदान गर्दै फाकफोकथुममा संविधान दिवस

श्रमदान गर्दै फाकफोकथुममा संविधान दिवस

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज ३ २०७९


श्रमदान गर्दै फाकफोकथुममा संविधान दिवस

फिक्कल । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिकाले जनश्रमदान गर्दै संविधान दिवस मनाएको । गाउँपालिका अध्यक्ष सहित कर्मचारी र स्थानीय बासिन्दाको सहभागितामा ७ वटै वडामा जनश्रमदान गरिएको हो । वडा नं १ र २ मा बाटो सरफाई गरिएको छ । वडा नं ३ मा गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, प्रमुश प्रशासकिय अधिकृत दिलकुमार लावती सहित स्थानीयले रातमाटे झर्ने बाटो सरसफाई गरिएको छ ।

त्यसैगरी वडा नं ४ मा कार्यालय परिसर सरसफाई गरिएको छ । वडा नं ५ मा विद्युतीय पोलमा असर गर्ने रुखहरु फडानी गर्ने कार्य भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले जानकारी दिए । वडा नं ६ र ७ मा बाटो सरफाई गरिएको छ । त्यसैगरी साँझ पालिका कार्यालय परिसरमा दिप प्रज्वलन समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार