फिक्कल । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनको करिब ७० प्रतिशत तालमेल टुङ्गो लागेको बताएका छन् । उनले संघ र प्रदेश निर्वाचन सम्पन्न गर्ने विन्दुमा आइपुग्दा करिब ३० प्रतिशत सिट मिलाउने कार्य मात्र बाँकी रहेको बताएका छन् ।
नेता खनालले आगामी असोज २ गते भित्रमा निर्वाचन आयोगले समानुपातिकको बन्द सुची बुझाउन समयसिमा तोकेकाले त्यसपछि बाँकी काम पुरा गर्ने बताए । फिक्कलमा पत्रकारहरुसंग कुरा गर्दै खनालले बन्द सुचीको प्रक्रियापछि मुलुकमा निर्वाचनको माहोल सृजना हुने बताए ।
राष्ट्रपतिको आकांक्षीको रुपमा पत्रकारहरुको प्रश्नपछि खनालले भने ‘६० बर्ष राजनितिक जिवन विताए । २०१८ सालबाट राजनीतिमा लाग्दा धेरै पदहरु प्राप्त भए तर पदका लागि कहिलै लागिन् । महत्वपुर्ण पद जस मार्फत राष्ट्रलाई सेवा गर्ने अवसर पाए त्यसका लागि हिचकिचाउनुपर्ने केही छैन् । पदको पछाडी लाग्ने मान्छे चाहि हैन् ।’
नेता खनालले कांग्रेस र कम्युनिष्ट बिच स्थापनाकाल देखि नै प्रतिस्पर्धा भएपनि मुलुकमा अग्रगतिमा लग्नका लागि विगतबाटै सहकार्य हुँदै आएको बताए । ‘कांग्रेस र कम्युनिष्ट विच स्थापनाकाल देखि नै प्रतिस्पर्धा छ । प्रतिस्पर्धा पनि छ सहयोग पनि छ । २००७ सालको क्रान्तिका सहकार्य थियो । त्यसपछि प्रतिस्पर्धा पनि भयो । २०४६, २०६२÷६३, संविधान बनाउन एक आसपमा सहयोग भयो । अहिले पनि सहयोग छ ।’
खनालले संघको सिट बाँडफाड अन्तिम चरणम रहेकाले अब प्रदेशसभाको बारेमा छलफल अघि बढाइएको बताए । खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धन पुर्ण रुपमा कार्यान्वयन नभएपनि संघ र प्रदेशका कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे । खनालले गठबन्धनको सन्र्दभमा इलाममा मात्र नभएर देशभर धेरै घटनाहरु भए पनि पार्टीहरुले आफ्नो हित अनुसार कदम चाल्ने भएकाले त्यस्ता खालका विविधता देखिएको बताए ।
खनालले ६२÷६३ को क्रान्तिले देशबाट सामन्तवाद र राजतन्त्रको उन्मुलन पछि १० बर्ष लगाएर संविधान निर्माण गरेर ३ तहको निर्वाचन समेत सम्पन्न भइसकेको बताए । नेकपा विभाजन र देश अस्थिरता तर्फ गएको अवस्थाको बारेमा तत्कालिन सरकार गम्भिर नबन्दा समस्या आएको उनले बताए । उनले नेकपा हुँदाको सरकार तर्फ इगित गर्दै कृषि क्रान्ति र किसानहरुको उत्पादनको उचित मुल्य दिलाउने कार्यमा राज्य उदासिन देखिएको स्मरण गरे ।
खनालले देश र संविधान बचाउनका लागि ५ दलीय गठबन्धन भएको समेत बताए । ‘देश पराधिन तर्फ गइसक्यो । देशलाई स्वालम्बन तर्फ कदम चालिएन् । विभिन्न समस्या आए जसले पार्टी भित्र विद्रोहको अवस्था आए । सरकारमा अस्थितर पैदा भए । सरकारले देशको संविधान रक्षा गर्ने कुरालाई छाडेर आफ्नै २ तिहाईको संसद विघटन गर्ने काम । देशमा नयाँ परिस्थिती सृजना भएपछि ५ दलीय गठबन्धन बन्यो ।’ खनालले भने ‘५ दलीय गठबन्धन बनेपछि मुलुक अघि बढ्दै गएको छ । कमसेकम संविधान बचाउने काम भयो । अस्थिरता रोकेर स्थिरता बनाउने काम भयो । तर पनि सबैको सहमती नहुँदा अपेक्षा अनुरुप मुलुक अघि बढेन् ।’
बाम एकताको पक्षको बारेमा पत्रकारहरुको जिज्ञासको जवाफ दिँदै खनालले २०२५ साल देखि लिएको बाम एकताको अडान अहिले पनि कायम नै रहेको बताए । ‘बामपन्थी एकता गर्नुपर्छ भनेर २०२५ साल देखि भन्दै आएको छु त्यो अझै पनि मेरो जारी छ । तर समय अनुसार बामपन्थी एकता हून्छ त्यो भन्दा वृहतर एकता पनि हुन्छ । अहिले अवस्थामा बामपन्थी समुहका ठुला भन्नेहरु एकताको पक्षमा छैनन् तर आवश्यकता हो ।’ खनालले भने ‘राष्ट्र, लोकतन्त्र, संविधान र ६२÷६३ को क्रान्तिलाई जोगाउन जे एकता सम्भव छ । यसलाई रक्षा गर्न सकेनौ भने मुलुक अग्रगती तर्फ जाँदैन् ।’
संसद विघटनको घटना बारेमा स्मरण गर्दै खनालले अग्रगमन तर्फ उन्मुख भएको संविधानको केपी शर्मा ओलीले सम्मान गर्न नसकेको आशय व्यक्त गरे । ‘खड्ग प्रसाद ओली प्रधानमन्त्री भएको बेलामा देशको संविधान के छ कसो छ कसरी संविधान बनायौ मतलब नराखी त्यसलाई कुल्ची पाल्ची पारेर संसद विघटन गर्नुभयो । संविधान जारी भएपछि कुनै पनि प्रधानमन्त्रीलाई त्यो अधिकार छैन् । रहनेवाला पनि छैन्’ खनालले भने ‘निर्वाचन घोषणा गर्ने कस्तो बेला भन्दा मान्छे मरिरहेको बेलामा । यता मान्छे मरिरहेका छन् उता मान्छे मरिरहेका छन् अस्पतालमा मान्छे भरिभराउ छन् कोभिडको महामारीले देश ग्रस्त छ । चुनाव हुन्छ की हूदैन् त्यस्तो बेलामा घोषणा गरियो । निर्वाचन नभएको भए देश कहाँ पुग्थ्यो कल्पना गर्नुहोस् छ । ६२÷६३ को क्रान्ति भन्दा पछाडी जान्थ्यौ नी त । अहिलकोगणतन्त्रलाई बचाउने आवश्यकता हो ।’
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उदय बारेमा पत्रकारहरुको प्रश्नमा खनालले संविधान जारी भएपछि सरकार चलाउने राजनीतिक दलहरुबाट भएका विकृती र विचलनबाट निराशा पैदा भएको बताए ।‘ राजनीतिक दल जसले सरकार चलाए उनीहरुबाट भएका विकृतीहरु र बिचलनहरुका कारणले निराशा र आक्रोश पैदा भयो । त्यसको परिणाम स्वतन्त्र उम्मेदवारहरुको लहर खासखास ठाउँमा देखा परो । तर यो स्थायित्व हैन् । किने भने हामीले ३० बर्ष निर्दलियताको युग नै पार गरिसकेका छौ । त्यस्तोबाट देश चल्दैन भनेर हामीले बहुदलिय व्यवस्था ल्याएका हौ । ’
पछिल्लो समय व्याप्त भ्रष्टचार नियन्त्रणको सम्बन्धमा सरकारको मौनताको बारेमा प्रश्नको जवाफ दिँदै खनालले राजनीतिक नेतृत्व चाहेको खण्डमा भ्रष्टचार नियन्त्रण हुन सक्ने बताए । ‘देशको राजनितिक नेतृत्वले चाहयो भने सुधार गर्न सकिन्छ । ५ बर्षका कम्तीमा २ वटा राष्ट्रिय सम्मेलन गर्नुप¥थ्यो स्थानीय तहको । उनीहरुले कसरी काम गरेका छन् भनेर समिक्षा गर्नुप¥थ्यो ।’ खनालले भने ‘कहाँ भ्रष्टचार भयो भन्ने लेखाजोखा भएन् । अहिले कम्तीमा ४ खर्बका बजेट स्थानीय तहमा लगानी गरेका छौ । त्यो ठिक ढंगले अनुगमन भएन भने बेलगाम ढंगले जान्छ । अब निर्वाचित सरकारले भ्रष्टचारलाई नियन्त्रणका लागि सम्बन्धीत संस्थालाई क्रियाशिल बनाउनुपर्छ । ’
नेपालको परराष्ट्र नीतिको बारेमा कुरा गर्दै खनालले अहिले देशले ७ वटा कुरामा ध्यान दिनुपर्ने बताए । खनालले परराष्ट्र नीतिको बारेमा संविधानले स्पष्ट व्याख्या गरेको समेत बताए । ‘परराष्ट्र नीतिमा ७ कुरालाई ध्यानमा राख्नुपर्छ । अहिले हामीले जारी गरेको संविधानको भाग ७ को क देखि डसम्म पुगेपछि परराष्ट्र नीतिको व्याख्या छ त्यहाँ । ५ सिद्धान्तमा असंलग्नताको सिद्धान्त, पञ्चशिलको सिद्धान्त, शान्तिको सिद्धान्त, अन्तरराष्ट्रिय कानुनको सिद्धान्त लगायत ५ सिद्धान्तलाई आधारभुत नीतिको रुपमा सरकारले अबलम्बन गर्नुपर्छ । हामीले देशको भुमिलाई छिमेकीका विरुद्ध प्रयोग गर्न दिनौ भन्ने राष्ट्रिय प्रतिबद्धता र एक चीन नीति लाई परराष्ट्र नीतिको अंग बनाएर जान सक्नुपर्छ ।’ खनालले भने ‘ राष्ट्रिय सहमती बनाएर भनेर पुर्नपुष्टि गर्न जरुरी छ संविधान अनुसार । त्यसो हुन सके परराष्ट्र नीति संचालन गर्ने कुरामा कुनै पनि पार्टी र सरकार नचुक्ने संभावनाको ग्यारेन्टी गर्न सकिन्छ ।’
संसदको ५ बर्षको समिक्षा गर्दै खनालले ४ बर्ष काम नै नभई संसद निष्क्रिय जस्तै भएको बताए । ‘४ बर्ष सांसदले भुमिका खेल्न सकेन् । यस्तो सरकार रहयो जसले संसद र आफ्नो पार्टी र विपक्षी लाई मतलब राखेन् । एकलौटी ढंगले ग¥यो । त्यो कुरालाई निगरानी गर्न संसद सफल हुन सकेन् । त्यो अवधिमा विपक्षी पनि चुपचाप बस्यो । त्यसपछि अर्को कालखण्ड गठबन्धनको आफ्नै समस्या र चुनौतीहरु छन् ।’