Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

लेप्चा जातिको प्रतिनिधित्व गर्दै सुमन

लेप्चा जातिको प्रतिनिधित्व गर्दै सुमन

  • गोपाल गिरी
  • सोमबार, भाद्र २७ २०७९


लेप्चा जातिको प्रतिनिधित्व गर्दै सुमन

झापा । आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा लेप्चा समुदायका सुमन लेप्चा वाङचू उम्मेदवार सिफारिस भएका छन् । झापा क्षेत्र नम्बर १ बाट लोपोन्मुख लेप्चा जातिको प्रतिनिधित्व गर्दै नेकपा माओवादी केन्द्रको तर्फबाट संघमा समानुपातिक उम्मेद्धारको सूचिमा उनी सिफारिस भएका हुन् । बहुमूखी प्रतिभाका धनी लेप्चा जनयुद्धकालीन पृष्ठभूमि भएका ईमान्दार युवा नेताको रुपमा परिचित छन् ।

युद्धकालिन समयमा विद्यालयमा गएर विद्यार्थीहरुलाई अखिल–क्रान्तिकारीमा संगठित गर्दै राजनीतिमा लाग्न प्रेरित गरेका धेरै विद्यार्थीहरु अझै माओवादी पार्टीमा काम गरिरहेका छन् । माओवादी पार्टीको मुखपत्रको रुपमा रहेको जनविद्रोह पत्रिकाको इलाम जिल्ला संवाददाताको रुपमा काम गरि युद्ध पत्रकारिताको पनि अनुभव सँगालेका उनी पूर्वाञ्चल जनसम्पर्क कार्यालयको सदस्य भएर पनि पार्टीमा काम गरिसकेका छन् ।

आफ्नै लोपोन्मुख लेप्चा जाति बारे गहन रुपमा अध्ययन ,अनुसन्धान गर्दै रहेका उनले आफ्नो जातिलाई संविधानले दिएको अधिकार प्राप्त गर्न प्रेरित गर्दै “हामी लेप्चा जाती एक हौ” बोलको गीत लेखेका छन् । उनले वालुवाको घर कथा संंग्रह, लेप्चा जातिको भाषा, संस्कृति, हालमा यो समुदायले भोगेको सत्य घटनालाई समावेश गरि उपन्यास तोउथ्ची पनि प्रकाशनको तयारीमा रहेका छन् ।

राजनीति यात्रा सँगै गीत, गजल, कविता, कथा आदि लेखनमा समेत आफूलाई सशक्त रुपमा उतार्न सफल सुमन लाई केहि गीतको म्यूजिक भिडियोमा समेत देख्न सकिन्छ । उनको नाम सिफारिस भए सँगै शुभेच्छुकहरुले उनलाई समाजिक संजालमा बधाई दिएका छन् ।

सुमन आफैले पनि अन्य पार्टीमा आस्था राख्नेको आँखा खुल्नु पर्ने र जो गए पनि आफ्नो लेप्चा जातिलाई संविधानले दिएको अधिकारको उपयोग गर्दै प्रतिनिधीत्वको सुनिश्चितता हुनु पर्ने विचार व्यक्त गरेका छन् । लोपोन्मुख लेप्चा जाति इलामको रोङ ,सूर्योदय लगायत ठाउँहरुमा नेपाल बाहिर सिक्क्मि ,र्दािजलिङ प्रमूख रुपमा वसोवास गर्दै आएको यो जातिलाई नेपाल सरकारद्धारा अल्पसंख्यक जातिको रुपमा संरक्षण गर्दै आएका छ

प्रतिक्रिया
सम्बन्धित समाचार