Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सुवास नेम्बाङलाई चुनौती दिन संघीय लिम्बुवानबाट बिक्रम वनेमको उम्मेदवारी

सुवास नेम्बाङलाई चुनौती दिन संघीय लिम्बुवानबाट बिक्रम वनेमको उम्मेदवारी

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २७ २०७९


सुवास नेम्बाङलाई चुनौती दिन संघीय लिम्बुवानबाट बिक्रम वनेमको उम्मेदवारी

इलाम : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मन्चले इलाम क्षेत्र नं २ बाट प्रत्यक्ष उम्मेदवारमा बिक्रम वनेम फागोलाई सिफारीस गरेको छ । दाप सहितको खुकुरी चिन्हबाट आउँदो मङ्सिर ४ को निर्वाचनमा फागो को नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ् संग प्रतिस्पर्धा रहने छ । लिम्बु भाषिक म्युजिक भिडियोका निर्देशक तथा कलाकार समेत रहेका फागोको उम्मेदवार घोषणा भएपछि उनका शुभेच्छुकहरुले सामाजिक संजाल मार्फत बधाई तथा शुभकामना दिदै आएका छन् ।

लिम्बुवान राजनीतिकले ल्याएको पहिचानी मुद्दामाथि सहमती भएका फागो एक स्वतन्त्र व्यक्ति हुन् । उनले अहिले सम्म कुनै पनि पार्टीका साधारण सदस्य समेत लिएका छैनन् । कतिपयले सामाजिक संजालमा लेखेका छन् , ‘यदि लिम्बुवानी जनताले फागोलाई क्षेत्र नं। २ बाट निर्वाचित गराउने हो भने, फागो एक्लै ९० जना सांंसद भन्दा गर्हौ हुन सक्ने अनुमान लगाएका छन् ।’

त्यसो त फागो लिम्बुवान राजनीतिक पृष्ठभूमिलाई नजिकबाट बुझदै आएका फागोले पहिचानी मुद्दाहरुमाथि बोल्दै आएका बिद्रोह स्वभावका नेताका रुपमा चिनिन्छ ।
सुवासचन्द्र नेम्बाङ
नेकपा ९एमाले० उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस भएका छन्। पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले नेम्बाङको एकल नाम जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला कमिटी उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए।

उनका अनुसार मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने छ। अरूको नाम सिफारिस नभएकाले क्षेत्र २ मा एमालेबाट नेम्बाङको उम्मेदवारी निश्चित भएको छ। नेम्बाङ २०५६ सालयताका सबै संसदीय र संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट निरन्तर विजयी भइरहेका छन्। उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका केशव थापालाई पराजित गरेका थिए।

नेम्बाङले ३६ हजार ५ सय १७ मत ल्याएका थिए भने थापाको २६ हजार ८ सय ६५ मत आएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार