फिक्कल । इलामको मेची राजमार्ग स्थित कन्याम– जोरकशल सडक खण्डको भालुझोडामा सडक दुर्घटना हुँदा १ जना मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको मे ४ प ८३५५ नम्बरको बाइक सोही दिशाबाट आउँदै गरेको माज्दा ट्रकसंग दुर्घटनामा पर्दा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
ओभरटेक गर्ने क्रममा बाइक अनियन्त्रित भई माज्दाको मुनी पसेको थियो । मृतकको नाम, थर र ठेगाना खुल्न बाकी रहेको ट्राफिक प्रहरी हर्कटेका राजेश श्रेष्ठले जानकारी दिए । दुर्घटनापछि ट्रक लिएर चालक फरार रहेका छन् ।