माङ्सेबुङ्ग । माङ्सेबुङ्गमा यसरी विपद् व्यवस्थापन सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको आयोजनामा दुई दिवसिय विपद् व्यवस्थापन सम्बन्धी गोष्ठिको आयोजना गरिएको हो । युएसएड, लुथरन विश्व फेडेरेसन, आइ ओ एमको समन्वयमा आयोजित गोष्ठिमा माङ्सेबुङ्ग गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालीका सदस्य, वडा सचिव, बिषयगत शाखाका प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो ।
गोष्ठिको सहजिकरण लुथरन विश्व फेडेरेसनका एस बि सुब्बा र जिल्ला प्रशासन कार्यालय इलामका नासु नित्यानन्द घिमिरेले सहजिकरण गरेका थिए । गोष्ठिमा विपद् व्यवस्थापनको तयारी, विपद् व्यवस्थापनमा स्थानीय तहको भुमिका, प्रकोप क्षेत्रको नक्साङ्कन, विपद् व्यवस्थापनमा स्थानीय श्रोत परिचालन, विपद्को प्रतिकार्य योजना, नितिगत व्यवस्था, वडामा विपद् व्यवस्थापन समिति गठन लगायतका बिषयमा जानकारी प्राप्त भएको प्रमुख प्रशासकिय अधिकृत बिनोद चौहानले बताए ।