इलाम। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले इलामको जिल्ला अदालत र उच्च अदालत विराटनगर इलाम इजालस इलामको अनुगमन गरेका छन् । सर्वोच्च अदालका रजिष्ट्रार नारायण प्रसाद पन्थि लगायत उच्च तहका कर्मचारी सहित पूर्वी पहाडी जिल्लाको अदालतहरुको अनुगमनका लागि आएका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले इलामको जिल्ला अदालत र उच्च अदालत विराटनगर इलाम इजालसका न्यायधिस र कर्मचारीहरुसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।

अनुगमनका क्रममा न्याय प्रशासन क्षेत्रमा देखिएका समस्या र समाधानसँगै जिल्ला अदालत इलामको आफ्नै भवन नहुँदा समस्या भएको न्यायधिस र कर्मचारीले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसामु अवगत गराएका थिए ।
जिल्ला अदालत र उच्च अदालत विराटनगर इलाम इजालसका न्यायधिसहरुको उपस्थिति रहेको थियो । अनुगमनका क्रममा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, नेपाल प्रहरीका इलामका प्रमुख दिलिप घिमिरे, शसस्त्र प्रहरी बल नम्बर १ गण हेडक्वाटर इलामका प्रमुख सुरेश सापकोटा लगायतको उपस्थिति रहेको थियो ।