Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका २ र ३ बालमैत्री वडा घोषणा

सूर्योदय नगरपालिका २ र ३ बालमैत्री वडा घोषणा

  • जयकुमार राई
  • बुधबार, भाद्र १५ २०७९


सूर्योदय नगरपालिका २ र ३ बालमैत्री वडा घोषणा

फिक्कल । इलामको सूर्योदय नगरपालिका वडा न २ र ३ बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणा भएको छ । बौद्धधाम माध्यामिक बिद्यालयको सभाहलमा समाजिक विकास समितिका सयोंजक तथा वडा न २ का वडाअध्यक्ष डिक बम्जनको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यता एबं प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईको बिशेष आतिथ्यतामा बालश्रम मुक्त वडा घोषणाा गरिएको हो ।

बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणाको लागि आवश्यक बालमैत्री स्थानीय निर्देशिका २०७८को ५१ र सूर्योदय नगरपालिकाको थप ३ वटा गरी जम्मा ५४ वटा सुचकहरु न्यूनतमा ८० प्रतिशत पुरा भएसंगै बालमैत्री वडा घोषणा भएको हो । बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणा गर्न योगदान पुराउने वडा न २ का स्वयंसेवीका इन्द्रकला पाण्डे र श्री नर्बदा कल्याण बोडिङ स्कुल मेहेलबोटका प्रधानाध्यापक सफल राईलाई कार्यक्रमका अध्यक्ष बम्जनले सम्मान गरेका छन् ।

राईजिङ बाल सञ्जाल वडा न २ र लिटिल स्टार बाल सञ्जाल वडा न ३ लाई समेत प्रशंसापत्र प्रदान गरिएको छ । एसइइ परिक्षा २०७८ मा इलाम जिल्लामै उत्कृष्ट नतिजा ३.७५ जिपिए ल्याउन सफल श्री नर्बदा कल्याण बोडिङ स्कुल मेहेलबोटका प्रज्वल बराललाई वडा न ३ ले सम्मानपत्र दोसल्लाको साथमा सम्मान गरेको छ ।

वडा न ३ का वडाध्यक्ष लोक बहादुर प्रधानले व्यक्तिगत रुपमा ५ हजार १ सय रुपैया प्रोत्साहनका लागि प्रदान गरेका थिए । वडाध्यक्ष प्रधानले स्वागत मन्तब्य राखेको कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख तारा शेर्पाले औचित्य, सुचकहरु र समग्र नगरको बालबालिकाको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा एकिकृत समाजबादी पार्टीका नगर अध्यक्ष कमल गदाल , कार्यपालिका सदस्य साबित्रा शिवा, राप्रपाका प्रतिनिधी सैजन शेर्पा  , प्रमुख प्रशासकिय अधिकृत भटटराई बौद्धधाम माविका प्रधानाध्यापक किरन मोक्तान वडा न २ का निर्वतमान वडाध्यक्ष चन्द्र सुब्बा नगरबाल सञ्जालका उपध्यक्ष निरज राई लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।

प्रमुख अतिथी नगर उपप्रमुख बरालले बालमैत्री वडा घोषणा हुदै गर्दा बालअधिकार स्थापनामा सहयोग हुने भएकोले यो निक्कै ठुलो उपलब्धी हासिल गरेको बताए र उनले यसमा मेहनतका साथ खटने वडा न २ र ३ , महिला बालबालिका शाखा , बाल क्लव , कर्मचारी , सरोकारवालालाई धन्यवाद समेत दिए ।

संविधानले प्रद्धत्त गरेको अधिकारलाई प्रयोग गर्दै नगरले स्थानिय बालमैत्री वडाका रुपमा वडाहरुलाई घोषणा गर्दै आगामी भाद्र २९ गते सिगों नगरपालिकालाई नै बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुत्त नगर घोषणा गर्ने बताए ।
हाल सम्म नगरभित्र वडा न २ र ३ सगैँ वडा न ६ ,७ ,८ ,९ र १० बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणा भईसकेको शेर्पाले जानकारी दिइन् ।

बिहिबार वडा न ४ र ५ लाई श्रीअन्तु सुचना केन्द्रमा , वडा न ११ र १२ लाई १७ गते शुक्रबार कर्फोक बिद्यामन्दिरमा र वडा न १३ र १४ लाई उत्तरे खेलमैदनमा १९ गते बालमैत्री स्थानिय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको महिला बालबालिका शाखाकी एकमाया बोहराले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार