इलाम । न्यायिक समिति सन्दकपुर गाँउपालिकाको आयोजनामा सन्दकपुर १ माईपोखरीमा मेलमिलाप सम्बन्धि एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको
छ । सन्दकपूर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रहर कुमार राईको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा न्यायीक समितिको काम र भुमि आयोगको काम कारबाहीका बारेमा छलफल तथा अभिमुखिकरण कार्यक्रम भएको थियो ।

कार्यक्रममा सन्दकपूर वडा नम्बर १ का वडाबासी, मेलमिलापककर्ता, राजनीतिक दलका प्रतिनिधि, युवा तथा वुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेली, वडाध्यक्ष रहरकुमार राई, मेलमिलापकर्ता भविन्द्र राई लगायतले सहजिकरण गरेका थिए । कार्यक्रममा न्यायीक समितिका सदस्यहरुको कुमार गुरुङ्ग, नरमाया थेवे सहजिकरण गरेका थिए ।