Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

एकिकृत समाजवादी पार्टीको पेसागत महासघँ नेपाल इलाम जिल्ला समिति गठन

एकिकृत समाजवादी पार्टीको पेसागत महासघँ नेपाल इलाम जिल्ला समिति गठन

  • लोकल सन्देश
  • शनिबार, भाद्र ११ २०७९


एकिकृत समाजवादी पार्टीको पेसागत महासघँ नेपाल इलाम जिल्ला समिति गठन

फिक्कल । नेकपा एकिकृत समाजाबादी पार्टी निकट पेसागत महासघँ नेपालको आयोजनामा सूर्योदयनगरपालिका इलाममा जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्ष मात्रिका प्रसाद विश्वकर्माको अध्यक्षता एकिकृत समाजबादी पार्टीका पोलिटब्युरो सदस्य तथा पेशागत महासघँका केन्दीय अध्यक्ष प्रेमल कुमार खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पेशागत महासघँको १३ सदसीय इलाम जिल्ला कमिटी ,सेवा निबृत राष्टसेवक सघँको ६ सदसीय जिल्ला कार्य समिति , स्थानिय निकाय कर्मचारी सघँको ८ सदसीय समिति र बिद्यालय तथा विश्व बिद्यालय शिक्षक एशोसिएशन गठन भएको छ ।
पेशागत महासघँको इलाम जिल्ला समिति अध्यक्षमा जित बहादुर राई चयन भएका छन् । संघको उपाध्यक्षमा चन्द्र बहादुर खत्रि , सचिव डिल्ली शकंर ,सहसचिव चेतन अधिकारी , कोषाध्यक्ष बेनुप भट्टराई ,सदस्यहरु गोपाल काफ्ले , पुकार लाप्चा , सूर्य खवास , सागर भुजेल , तुलसी क्षे्त्री , नारायण भट्टराइ, बिपिन ढकाल र अशोक तामाङँ चयन रहेका छन् ।
,सेवा निबृत राष्ट्रसेवक सघँको अध्यक्षमा पुन्य प्रसाद नेपाल चयन हुनु भएको छ भने सदस्यहरुमा राधा केसी , टिका खत्रि , धनकुमार चाम्लिङ राई , केशर बहादुर राई , नर बहादुर कार्की चयन भएका छन् । स्थानिय निकाय कर्मचारी सघँको अध्यक्षमा पुर्ण बहादुर राई चयन भएका छन् भने उपाध्यक्षमा उज्वल सुबेदी , सचिवमा खगेन्द्र प्रधान सदस्यहरुमा दिपेन्द्र कार्की ,झलनाथ पोख्रेल , लिलानाथ बास्तोला ,कमला निरौला , र रणविर राई रहेका छन् ।
बिद्यालय तथा विश्व बिद्यालय शिक्षक एशोसिएशनको अध्यक्षमा अनिल मुखिया चयन भएका छन् । उपाध्यक्षमा सूर्य खवास , सचिव दिपक पौडेल , कोषाध्यक्ष रिना राई , सदस्यहरुमा रचना राई ,चन्द्र खत्रि ,शेखर आचार्य , गोबिन्द तिमल्सीना , क्षितिज लुगङेली मगर , तुलसी क्षेत्री र नर बहादुर राई चयन भएका छन् ।
कार्यक्रममा नेकपा एस जिल्ला अध्यक्ष भक्त केसि नेकपा एस सचिवालय सदस्य एबं सूर्योदयनगर प्रमुख रणबहादुर राई , नेकपा एस इलाम उपाध्यक्ष एबं जिल्ला समन्वय समिति इलाम उपप्रमुख चित्रकला बराईली , नेकपा एस प्रदेश कमिटि सदस्य बेदनिधि निरौला , प्राध्यापक सघँका केन्दीय समिटि सदस्य सन्तोष पराजुली प्राध्याक सघँ इलाम प्रमुख मोहन सिहँ थेबे पेशागत महासघँ नेपालका केन्दीय सदस्य मदन प्रसाद खतिवडा , सूर्योदय नगरपालिका १२ का अध्यक्ष डोलेन्द्र भाद्धवज , नेकपा एस नगर कमिटि अध्यक्ष कमल गदाल, समाजबादी प्रेस सगँठन प्रदेश कमिटि सदस्य जय राई नेकपा एस जिल्ला कमिटि सदस्य दिपेश राई लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा सूर्योदय नगर प्रमुख राई , नेकपा एस इलाम अध्यक्ष केसि लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथी एकिकृत समाजबादी पार्टीका पोलिटब्युरो सदस्य तथा पेशागत महासघँका केन्दीय अध्यक्ष खनालले पेशागत महासघँको सङ्गठन परिचालन अभियान स्थापना लक्ष्य र बैचारीक आधार , सङ्गठनको संरचना ,महासघँ स्थापना भएपछि प्राप्त भएका उपलब्धीहरु महासघँमा आबद्ध र सम्बद्ध सङ्गठन ,लगायतको बारे सहजिकरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार