Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सहारा बित्तिय साक्षरता तथा तीज मिलन कार्यक्रम सम्पन्न

सहारा बित्तिय साक्षरता तथा तीज मिलन कार्यक्रम सम्पन्न

  • लोकल सन्देश
  • बिहिबार, भाद्र ९ २०७९


सहारा बित्तिय साक्षरता तथा तीज मिलन कार्यक्रम सम्पन्न

माई । सहारा नेपाल साकोस दानावारी सेवा केन्द्रको आयोजनामा सहारा बित्तिय साक्षरता तथा तीज मिलन कार्यक्रम विहिवार दानाबारीमा सम्पन्न भएको छ। माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको प्रमुख आतिथ्य तथा सहारा नेपाल साकोस दुधेका अनुगमन अधिकृत चुडामणी कट्टेलको विशिष्ट अतिथ्यतामा वित्तीय साक्षरता र तिज मिलन कार्यक्रम सम्पन्न भएको हो।

माई नगरपालिका भरीका सहारामा आवद्ध महिला समूहका करिव ३ सय सदस्यहरूलाई संस्थागत सम्बन्ध प्रगाढ वनाउने उद्देश्यका साथ संस्थागत अवस्था जानकारी गराई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको साहारा दानाबारी सेवा केन्द्रका प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए।

तिज मिलन कार्यक्रममा न्यु लाईट ईङलिस स्कुल तथा विभिन्न समूहवाट नृत्य प्रस्तुत, वित्तीय साक्षरता सम्वन्धी हाजिरीजवाफ प्रतियोगीता सन्चालन गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतम, सचिव हरी प्रसाद गुरागाई, नेपाल जनजाति महासंघ माई नगर अध्यक्ष सेतु तामाङ, माई २ वडा सदस्य ज्ञान वहादुर कटुवाल, कार्यपालिका सदस्य खगीमाया राई लगायतको आतिथ्यता रहेको थियो।

सहारा दानाबारी शाखा प्रमुख त्रिलोचन तिम्सिनाको अध्यक्षता तथा कर्मचारी अमर लिम्बू र सेयर सदस्य मिना कुमारी लावतीले संचालन गरेको कार्यक्रममा सामुहिक दर खाने कार्यक्रम समेत गरिएको छ।

झापाको बिर्तामोड मुख्य कार्यालय रहेको संस्थाले प्रदेश १ का ६ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर अघि बढीरहेको सहारा साकोसको ७९ वटा सेवाकेन्द्र मार्फत कार्यक्रम सञ्चालन गर्दै आएको जनाईएको छ ।

हाल संस्थामा १ लाख ६० हजार भन्दा वढी सदस्यहरु आवद्ध रहेका छन। संस्थाले प्रत्यक्ष रुपमा ५२६ जनालाई रोेजगारी प्रदान गरेको, १९ हजार भन्दा बढी सदस्यहरुलाई विभिन्न उद्यमको माध्यममबाट स्वरोजगार बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार