Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

तारगाउँमा आँखा शिविर सम्पन्न

तारगाउँमा आँखा शिविर सम्पन्न

  • गोपाल गिरी
  • बिहिबार, भाद्र ९ २०७९


तारगाउँमा आँखा शिविर सम्पन्न

कन्याम । नेपाल नेत्रज्योति संघ,जिल्ला शाखा इलाम र सुर्योदय नगरपालिकाको संयुक्त आयोजनामा वडा नं ६ मा निःशुल्क आँखा शिविर छनौट सम्पन्न भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भाद्र ३१ गते देखि असोज २गते सम्म संचालन हुने शल्यक्रिया सहितको निःशुल्क आँखा शिविरमा दिने सेवाको निम्ति वडागत छनौट भएको हो ।

सूर्योदयको विभिन्न वडाहरुमा विगत केही दिनबाट आँखा रोगीहरुको छनौट शिविर संचालन भइरहेको छ । नगर कार्यपालिका बाट प्रकाशित सूचना अनुसार प्रत्येक वडा बाट ५० वर्ष माथिको नागरिकहरु को लागि वडा वडामा १ दिने छनौट शिविर संचालन हुँदै आएको छ ।

तारगाउँ स्वास्थ्य केन्द्रमा सम्पन्न उक्त कार्यक्रममा ८० जना भन्दा बढिले सेवा लिएको वडा सदस्य चन्द्रकला मैनाली (भूजेल) ले जानकारी दिएकी छिन् । सेवा लिन छुटेका सेवाग्राहीले नजिकैको वडा बाट पनि सेवा लिन सक्ने छन् । आगामी १६ गतेसम्म छनौट शिविर संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार