इलाम । इलाममा नयाँ प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरे दिलिप घिमिरे जिल्लाको सुरक्षामा आफु तैनाथ भएर लाग्ने बताएका छन् । नेपाल पत्रकार महासंघमा आज भएको परिचय तथा अन्तरक्रिया कार्यक्रममा उनले जिल्लाबासीलाई सुरक्षाको महसुस हुने गरि आफु लाग्ने बताउनु बताएका हुन् ।
सञ्चारकर्मी र सुरक्षाकर्मी विचको सम्वन्ध धेरै नजिक र धेरै टाढाको हुन नहुने भन्दै उनले सुमधुर सम्वन्ध कायम गर्ने गरि अघि बढ्नु पर्नेमा जोड दिए । प्रहरीले जनताको सुरक्षामा चासो राख्ने र सञ्चाकर्मीले सूचना प्रवाहको काम गर्ने भएकाले दुबैको सम्वन्ध एक नासको हुनु पर्ने उनले बताए ।
पत्रकारको नाम गरेर जनतालाई भ्रामक सूचना सम्प्रेषण गर्ने गिरोह सक्रिय रहेकाले सोबाट बच्नु पर्ने र पत्रकारहरुले पनि सत्य तथ्य सूचनामा ध्यान दिनुपर्ने उनको भनाई छ । पछिल्लो समय मिटरब्याजी र लघुबित्तबाट बढि जसो गुनासो आउने भन्दै उनले कानुन अनुसार अघि बढ्ने धारणा राखे ।
इलामको हावापानी बस्न अनुकुल भएपनि जिल्लामा वढि आत्महत्या हुने गरेको भन्ने रिपोर्ट रहेको हुँदा परिवारमा कसैले आनीबानीमा परिवर्तन ल्याए स्वास्थ्य जाँच गराउन आवश्यक भएको बताए । । कार्यक्रममा उनले भारतसँग सिमा रहेको कारण सुरक्षा चुनौती पनि उत्तिकै भएकाले सबै जनताले सकारात्मक सोचका साथ एक आपसमा सहयोग गर्नुपर्ने उनले बताए ।
सुरक्षामा सबैको चासो हुनुपर्ने भन्दै घिमिरेले हरेक नागरिक सचेत समेत हुनुपर्ने धारणा राखे । समाजमा ठगी गर्ने गिरोह सक्रिय रहेकाले सामाजिक सञ्जाल वा फोनमा आउने नयाँ र अपरिचित ब्यक्तिहरुबाट जोगिन पनि उनले अनुरोध गरे । कसैलाई धम्क्याउने वा तर्साउने काम कोही कतैबाट भए प्रहरीलाई खवर गरेर सहयोग गर्न पनि उनले सबैमा आग्रह गरे