इलाम । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को केन्द्रिय समितिमा इलामका ३ जना निर्वाचित भएका छन् । वाइसिएलको दोश्रो राष्ट्रिय भेलाबाट प्रदेश १ का उपाध्यक्ष ताराबाबु सुवेदी (हुरी) संगै इलाम जिल्ला इन्चार्ज विक्रम लिम्बु र चन्द्रकला तामाङ अटाएका हुन् ।
भेलाबाट वाईसीएलको केन्द्रिय अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् ।केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ । शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए । त्यसपछि बन्दसत्र सम्पन्न भएपनि निर्वाचन प्रक्रिया सुरु भएकोमा सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् ।
यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए । देवकोटाको ४० वर्षे उमेर हद कटेपछि श्रीपालीको थाप्लोमा नेतृत्व आएको हो ।