इलाम । इलाम ट्याक्सी स्टेण्डमा रहेको साखेजुङ प्रवेश होटलमा आगलागि, आगलागी नियन्त्रणमा आएको छ । इलाम बजारको मुटुमा रहेको ट्याक्सी स्टेण्ड भएको सो आगलागि इलाम नगरपालिकाको दमकल मार्फत, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा नियन्त्रणमा आएको हो ।
करिब १ः३५ बजे ग्यासको रेगुलेटर लिक भए लागेको आगो इलाम नगरपालिकाकाको दमकलले करिब २० मिनेटमा नियन्त्रणमा लिएको जनाइएको छ । आगलागिबाट होटलमा करिब २ लाख बराबरको पूर्ण क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।