Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

समाजवादी र माओवादी देउवाजस्तो ‘अक्षम’ व्यक्तिको पछि लागिरहे : योगेश भट्टराई

समाजवादी र माओवादी देउवाजस्तो ‘अक्षम’ व्यक्तिको पछि लागिरहे : योगेश भट्टराई

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन २३ २०७९


समाजवादी र माओवादी देउवाजस्तो ‘अक्षम’ व्यक्तिको पछि लागिरहे : योगेश भट्टराई

इलाम । नेकपा (एमाले) सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) शेरबहादुर देउवाजस्तो ‘अक्षम’ व्यक्तिको पछि लागिरहेको आरोप लगाएका छन् । उनले कांग्रेससँगको यात्रा छाडेर एमालेतिर सहकार्यमा आउन समाजवादी र माओवादीलाई एमालेले हात फैलाएको पनि बताए ।

इलाम सदरमुकाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले भने ‘समाजवादको यात्रामा हिँडेको बताउने ती दल (समाजवादी र माओवादी) शेरबहादुरजस्तो अक्षम व्यक्तिको पछि लागेर कहाँ पुग्ने हुन् थाहा छैन । उनीहरूले त्यही बाटो अवलम्बन गरिरहे ठूलो दुर्घटना खेप्नुपर्ने निश्चित नै छ ।’ उनले गठबन्धनको नाममा सवै शक्तिहरु एमाले विरुद्ध एक हुन खोज्नु पार्टी बलियो रहेको प्रमाण भएको बताए ।

उनले एक्लाएक्लै चुनाव लड्दा एमाले नै पहिलो दल हुनेमा देखेर अन्य दलले गठबन्धन बनाइरहेको पनि बताए । एमालेलाई कमजोर बनाउन दृश्य/अदृश्य शक्तिसमेत लागिरहेको बताए । ‘एमालेविरुद्धको गठबन्धन बनाउन दल मात्रै लागेका होइनन्, दृश्य/अदृश्य शक्तिसमेत हामीविरुद्ध लागेका छन् ।’ उनले भने ‘एमालेलाई एक्लै जित्न सकिँदैन भनेरै अरू दल गठबन्धन बनाउँदै छन् ।’

भट्टराईले आउँदो प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई हराउँदै एमाले देशको पहिलो शक्ति हुने दाबीसमेत गरे । उनले आगामी निर्वाचन एमालेका लागि अवसरसमेत भएको बताए । ‘एमाले बलियो भएको प्रमाण त अन्य दलसमेतले दिएकै छन् ’ उनले भने ‘एमालेलाई पहिलो दल हुन कसैले छेक्ने अवस्था अब छैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार