Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

झलनाथ भन्छन्- ‘आसन्न निर्वाचनमा एमालेसँग पनि चुनावी तालमेल हुनसक्छ’

झलनाथ भन्छन्- ‘आसन्न निर्वाचनमा एमालेसँग पनि चुनावी तालमेल हुनसक्छ’

  • लोकल सन्देश
  • आइतबार, साउन २२ २०७९


झलनाथ भन्छन्- ‘आसन्न निर्वाचनमा एमालेसँग पनि चुनावी तालमेल हुनसक्छ’

काठमाडौंँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पूर्वदल नेकपा ९एमाले० सँग पनि चुनावी तालमेल हुनसक्ने बताएका छन् ।

एक संचारमाध्यमसंग कुराकानीको क्रममा उनले भनेका छन्, ‘एमालेसँग पनि तालमेल हुनसक्छ । त्यसका लागि ढोका खुल्लै छ ।’ सँगै उनले भनेका छन्, ‘तर पार्टी एकताको सम्भावनाचाहिँ छैन । आउँदै प्रादेशिक एवम् सङ्घीय निर्वाचनमा चुनावी तालमेल भने हुनसक्छ ।’

नेता खनालले एमालेसँग आफ्नो विद्रोह एमाले पार्टीसँग नरहेकोसमेत प्रष्ट्याए । ‘हाम्रो विद्रोह एमाले पार्टीसँग होइन, त्यसको नेतृत्वसँग हो । एमाले हामीले विद्रोह गरेर बनाएको पार्टी हो । तर त्यहाँको नेतृत्वको सही अडान नलिएपछि हामीले विद्रोह गरेका हौँ । त्यसकारण एमाले पार्टीसँग हाम्रो केही भन्नु छैन । तर, नेतृत्वमा गद्दारी गर्नेहरू छन् ।’

उनले आउँदो निर्वाचनपछि एकीकृत समाजवादीको ‘पोजिसन’ राम्रो हुने दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार