Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पुवाखोलाले बगाउँदा सुजनको मृत्यु

पुवाखोलाले बगाउँदा सुजनको मृत्यु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २० २०७९


पुवाखोलाले बगाउँदा सुजनको मृत्यु

इलाम । इलाममा खोलाले बगाउन एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका–३ पुवामझुवाका २१ बर्षिय सुजन राई रहेका छन् । बुधबार राती अन्दाजी ८ः४५ बजे इलाम सदरमुकामबाट घर फर्कने क्रममा पुवाखोलाले बगाएको थियो ।

वेपता उनको अस्थायी प्रहरी विट नेपालटार र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा इलाम नगरपालिका–१ र ४ को सिमाना दामली भन्ने ठाउँमा लाश फेला परेको छ । लाशलाई कानुनी प्रक्रिया पुरा गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार