Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रभावित ९ सय घरपरिवार सुरक्षाकर्मीद्वारा उद्दार

कोशी प्रभावित ९ सय घरपरिवार सुरक्षाकर्मीद्वारा उद्दार

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन १८ २०७९


कोशी प्रभावित ९ सय घरपरिवार सुरक्षाकर्मीद्वारा उद्दार

विराटनगर । उदयपुरको बेलका नगरपालिका ८ डुम्ब्रीबोटेमा सप्तकोशी नदीले आज बिहान ४ बजेदेखि बाँध कटान गरी सिसौली बस्तीमा डुबान भएपछि सुरक्षाकर्मीले स्थानीय बासिन्दालाई उद्दार गरी सुरक्षित स्थानमा राख्दै आएको छ । डुबान प्रभावित स्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतले डुबानमा परेका स्थानीय बासिन्दालाई उद्धार गरेको हो ।

डुबानबाट प्रभावित स्थानीयबासीलाई उद्दारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण विराटनगरबाट समेत प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

सप्तकोशी नदीले बाँध कटान गरी बेलका नगरपालिका ८ को सिसौली बस्ती र बेलका नगरपालिका ३ को भाटेपुल बस्तीमा बाढी पसेर डुबानबाट प्रभावित भएका ९ सय घरपरिवारलाई उद्दार गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  उक्त कार्यालयका अनुसार बाढी तथा डुबान प्रभावितहरुलाई बेलका नगरपालिका ९ मा रहेको डुँडखोला सामुदायिक भवन र सामुदायिक विधालयको भवनमा तथा अन्य सुरक्षित स्थानहरुमा स्थानान्तरण गर्ने कार्य भएको छ ।

यसैबीच, डुबान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्वर बाहिनी इटहरीका प्रमुख सेनानी, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीसमेतले स्थलगत अवलोकन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार