रोङ : इलामको रोङ गाउँपालिकाले स्थानीय मौलिक उत्पादन गुन्द्रुक र सिन्किको ब्रान्डिङको प्रयास सुरु भएको छ । नीजि तथा सहकारी क्षेत्रसँगको साझेदारीको कार्यमा गुणस्तरीय प्रशोधन, खाद्य गुणस्तर प्रमाणीकरण, विज्ञको सेवा, व्यवसायिक प्याकेजिङ, लेबलिङ, ब्राण्डिङ तथा बजारीकरणका लागि नेपाल कृषि बजार विकास कार्यक्रम (एनएमएमडीपी) दोश्रो चरण स्विस सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौतामा सञ्चालित परियोजनाले रोङ गाँउपालिकासँग सहकार्यका लागि प्रारम्भिक छलफल सुरु गरेको हो ।
व्यवसायिक उत्पादन, गुणस्तर सुधार, प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरणका लागि उदाहरणीय कार्यको शुरुवात भएको बताइएको छ । परियोजना र गाँउपालिकाले प्रदेश नं. १ कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, सम्बन्धित विज्ञ, नीजि तथा सहकारी साझेदार र बजारका व्यवसायीहरुसँग सहकार्यको लागि सम्भावना खोजिरहेको बताइएको छ ।
मौलिक उत्पादन मानिएको गुन्द्रुक र सिन्की समेत नेपाल परनिर्भर छ । सरकारी तथ्यांक अनुसार नेपालले १ अर्ब भन्दा बढि मुल्यको सुकेको गुन्द्रुक आयात गर्दै आएको छ ।