Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अधिक बाढी र खडेरीले हेपटाइटिस ‘ई’ निम्त्याउँदै

अधिक बाढी र खडेरीले हेपटाइटिस ‘ई’ निम्त्याउँदै

  • नमीन ढकाल
  • शुक्रबार, साउन १३ २०७९


अधिक बाढी र खडेरीले हेपटाइटिस ‘ई’ निम्त्याउँदै

इलाम । अमेरिका, जर्मनी जस्ता सम्पन्न औद्योगिक देशशरुमा हेपटाइटिस रोगको बुझाई सामान्यतया हेपटाइटिस ‘बी’ र ‘सि’ भन्ने हुन्छ, जुन सामान्यतया यौन सम्बन्ध र रगतबाट फैलन्छ । तर उचित सरसफाईको अभावका कारण गरिब मुलुकमा बसोबास गर्ने हजारौ मानिसहरु हेपटाइटिस ए र ई जस्ता पानीजन्य समस्यासंग जुध्दै आएका छन् । हेपाटाइटिस ‘ई’ धेरै हदसम्म मल पदार्थका कारण दूषित पानीबाट सर्ने गर्दछ । मौसम निरन्तर तातो भएकाले आगामी वर्षहरूमा यसको फैलावट बढ्ने विज्ञहरूले अनुमान गरेका छन् ।

हेपाटाइटिस ‘ई’ दक्षिण र पूर्वी एशियामा गम्भिर समस्याको रुपमा देखा पर्न सक्ने सम्भावना देखिएको छ । भारत र नेपाल लगायतका देशमा मनसुन महिनाहरूमा संक्रमण उच्च देखिन्छ । जुन सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म रहन्छ । तर हेपाटाइटिस ‘ईर्’ केही अफ्रिकी देशहरूको लागि खतरा बन्दै आएको छ । सामान्यतया विकासोन्मुख देशहरूमा दुषित पानीका कारण यो रोगको फैलावट उच्च देखिन्छ ।

पानीको अभाव हुने वा पानीको अत्यधिक मात्राका आउने  बाढीका कारण सरसफाइ कमी भएर यो रोग फैलिएकोमा विज्ञहरु चिन्तित छन् । ‘उच्च बाढीका कारण पानी ढलमा जान सक्छ । र त्यसपछि जब बाढीको पानी कम हुन्छ, त्यसबाट ढलको प्रदूषण हुन्छ । त्यसैबाट उत्पन्न हुने मलबाट पानी दुषित हुन्छ । यो हेपाटाइटिस ई सर्ने मुख्य कारण हो ।’ सब–सहारा अफ्रिकामा हेपाटाइटिस ‘ई’ को फैलावटको अध्ययन गरेका घाना विश्वविद्यालयका अनुसन्धानकर्ता आयोडेल माजेकोदुन्मीले भने ।

माजेकोदुन्मीले खडेरी जस्तो अवस्थामा पनि हेपाटाइटिस ई फैलिन सक्ने खतरा रहेको बताउँछन् । ‘सुक्खा मौसममा नदी घट्दा पानी केन्द्रित धेरै स्रोतहरु हुन्छ । बगिरहेको खोलाबाट पानी लिन सक्षम हुनुको सट्टा, त्यहाँ थोरै पोखरीहरू मात्र बाँकी छन्, र सबैले ती स्रोतहरू प्रयोग गरिरहेका छन् । त्यसकारण तिनीहरू सहज रुपमा दुषित बन्छन् ।’ माजेकोडुनमीले भने

हेपाटाइटिस ‘ई’ संक्रमितहरुमा हल्का ज्वरो, कम भोक, थकान, वाकवाकी र बान्ता जस्ता लक्षणहरु देखापर्छन् । अन्ततः जन्डिस हुने सम्भावना हुन्छ । आँखा, छाला र झिल्लीहरू पहेँलो हुने हुन्छ, जुन सामान्यतया दुई देखि आठ हप्तासम्म रहन्छ । जलवायु परिर्वतनका कारण बाढीका घटनाहरू बढ्ने अनुसन्धानकर्ताहरूले अनुमान छ ।

तर भारतको लखनउमा ग्यास्ट्रोएन्टेरोलजी र चिकित्सा विज्ञानका प्राध्यापक राकेश अग्रवालका अनुसार हेपाटाइटिस ईको फैलावटमा जलवायु परिवर्तनले भूमिका खेलिरहेको छ कि छैन भनेर निश्चित रूपमा भन्न नसकिने बताउँछन् । अग्रवालले विश्वव्यापी तापक्रम बृद्धिले हेपाटाइटिसका घटनाहरुमा वृद्धि बारे थप अध्ययन आवश्यक रहेको बताए ।

विश्वमा अहिले हेपाटाइटिस इ बाहेक धेरै पानीजन्य रोगहरू छन् । ‘उनीहरूले अस्वीकार गरेका छन् किनभने हामीले पानी आपूर्ति सुधार गर्ने धेरै कुराहरू गरिरहेका छौं ।’ अग्रवालले भने ‘जलवायु परिवर्तन नभएको भए के तिनीहरू छिटो घट्ने थिए ? हामी भन्न सक्दैनौं ।’

विश्वभर हरेक वर्ष करिब २ करोड मानिस हेपाटाइटिस ‘ई’ बाट संक्रमित हुन्छन् । ती संक्रमणहरूले लगभग ३.३ मिलियन लक्षणात्मक घटनाहरु निम्त्याउँदै आएका छन् । सन् २०१५ मा यो रोगले लगभग ४४ हजारको मृत्यु भएको थियो । यदपी जवान र स्वास्थ्य मानिसहरुमा मृत्यु दर अत्यन्त कम छ । गर्भवती महिलाहरुको सन्र्दभमा २० प्रतिशतले बढेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हेपटाइटिस बी र सि को तुलनामा भने निक्कै कम छ । डब्लुएचओको तथ्यांक अनुसार सन् २०१९ मा हेपटाइटिस बी बाट ८ लाख २० हजार र २ लाख ९० हजार हेपटाइटिस सीबाट मृत्यु भएको थियो । धेरै जसो सिरोसिस र हेपाटोसेलुलर कार्सिनोमा (प्राथमिक कलेजोको क्यान्सर) बाट मृत्यु भएको पाइएको थियो । हेपाटाइटिस ई भाइरस संक्रमण रोक्नको लागि चीनले खोपको विकास समेत गरेको छ ।

चीनसंग खोपको लागि इजाजतपत्र छ । तर विश्वव्यापी रुपमा उपलब्ध छैन् । विकसित विश्वमा यसको न्युन फैलावट र तुलनात्मक रूपमा कम मृत्युदर भएकाले विश्वभरका चिकित्सा र औषधिजन्य समुदायले हेपाटाइटिस ‘ई’ मा थोरै ध्यान दिने गरेको माजेकोदुन्मीले गुनासो गरे । हेपाटाइटिस ‘ई’ पत्ता लगाउनको लागि विशेष किटको व्यवस्था छैन । यसले विभिन्न देशका अनुसन्धानकर्ता र जनस्वास्थ्य एजेन्सीहरूलाई उनीहरूको नतिजाहरू तुलना गर्न र विश्वव्यापी रूपमा भाइरस कत्तिको प्रचलित छ भनेर बुझ्न गाह्रो बनाउने माजेकोदुन्मी बताउँछन् ।

शरणार्थी शिविरहरू, मानवीय संकटबाट गुज्रिरहेका क्षेत्रहरू र विनाशकारी जलवायु घटनाहरूको जोखिममा रहेका ठाउँहरू जस्ता जीवनको अवस्था सबैभन्दा कम भएका क्षेत्रहरूमा यो रोग ठूलो मात्रामा पाइन्छ ।

नेपालमा हेपटाइटिसको अवस्था
नेपालका बालबालिकाहरुमा सवैभन्दा बढि हेपटाइटिस ए को संक्रमण ज्यादा पाइन्छ । अहिले युवा वयस्कहरूमा तीव्र हेपाटाइटिसको प्रमुख कारणको रूपमा देखा परेको छ । हेपटाइटिस बी को सामान्य प्रसार १.१ प्रतिशत छ । यद्यपि, हिमालय क्षेत्रका धेरै जातीय समुहहरुमा यसको दर उच्च पाइन्छ । नेपालमा हेपाटाइटिस कलेजो सिरोसिस र हेपाटोसेलुलर कार्सिनोमाको प्रमुख कारक तत्व मध्ये एक हो । नेपालमा धेरै जसो हेपटाइटिस ‘ए’ र ‘ई’ को प्रकोप छ ।

सन् २०१९ मा बंगलादेश, भुटान र थाइल्याण्डसंग नेपाल दक्षिण–पूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बी नियन्त्रण गर्ने पहिलो देश बनेको थियो । पाँच वर्षका बालबालिकामा घातक रोगको प्रकोप एक प्रतिशतभन्दा कममा झरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् २०१५ मा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार नेपाल हेपटाइटिस ‘ई’ को जोखिमपुर्ण क्षेत्रको रुपमा देखाएको छ ।

हेपटाइटिस ‘ई’ का कारण गर्भवतीहरुको मृत्यु दर २५ प्रतिशत देखाएको छ । प्रतिवेदनका अनुसार २०७२ सालको भुकम्पको समयमा हेपटाइटिस ‘ई’ बाट नेपालका गर्भवतीहरु प्रभावित बनेका थिए । ४८ हजार २ सय ६८ गर्भवती महिला मध्ये भ्याक्सिन नपाएका २ हजार ६४ जना संक्रमितमा ५ सय १० गर्भवतीको मृत्यु भएको थियो । भ्याक्सिन पाएका २८९ मा ७१ को मृत्यु भएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी सो समयमा हेपटाटाइटिस ‘बी’ र ‘सी’ को नयाँ संक्रमणलाई ९० प्रतिशतले घटाउने लक्ष्य छ । त्यसैगरी हेपाटाइटिसका कारण कलेजो सिरोसिस र क्यान्सरबाट हुने मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।
(अन्तराष्ट्रिय संचारमाध्यम र अध्ययन प्रतिवेदनका आधारमा)

प्रतिक्रिया
सम्बन्धित समाचार