फिक्कल । इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई नगर विकास कोषको संचालक समिति सदस्यमा मनोनित भएका छन् । नेपाल सरकार मन्त्री परिषदको असार ३१ गतेको निर्णय अनुसार राईलाई प्रदेश १ को प्रतिनिधिको रुपमा मनोनित गरिएको हो ।
राईलाई नगर विकास कोष ऐन २०५३ को दफा १४ को उपदफा द्द (घ) बमोजिम २ बर्षको लागि सदस्यमा मनोनित गरिएको जनाइएको छ । उनलाई सहरी विकास मन्त्री मेटमणी चौधरीले सथप ग्रहण गराए ।
सपथ ग्रहण गर्दै राईले नगर विकास कोषको सदस्यको हैसियतले तोकिएको काममा ज्ञान र विवेकले जानेबुझे सम्म कर्तव्य सम्झी कोषप्रति वफादार रही आफ्नो कर्तव्यको पालन गर्ने बताए ।
