फिक्कल : इलाम नगरपालिका १० बाह्रगोलाईमा ट्रकले विद्युतीय पोलमा ठक्कर दिँदा इलाममा विद्युत अवरुद्ध बनेको छ । विहान ७ बजेको समयमा झापाबाट इलाम तर्फ जाँदै गरेको बा ४ ख ५७७० नम्बरको ट्रक गौरीढुंगा ४ नम्बर गोलाईमा ब्रेक फेल भएर हाइटेन्स लाइनको पोलमा ठोकिएको हो ।
विद्युतीय पोलल र सवारीसाधनमा क्षति भएपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । सवारी चालक सम्पर्कमा आएका छैनन् । सवारीधनीलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार सवारी चालक आजै मात्र काम लागेका थिए ।
उनको नाम र ठेगाना थाहा हुन सकेको छैन् । दुर्घटनाग्रस्त ट्रक निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।