Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

बुद्धशान्ति गाउँपालिकाले किनेको फोनको पैसा फिर्ता गर्न निर्देशन

बुद्धशान्ति गाउँपालिकाले किनेको फोनको पैसा फिर्ता गर्न निर्देशन

  • लोकल सन्देश
  • बुधबार, साउन ४ २०७९


बुद्धशान्ति गाउँपालिकाले किनेको फोनको पैसा फिर्ता गर्न निर्देशन

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियमविपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७८र७९ को प्रतिवेदनमा पालिकाको कोषबाट मोबाइल फोन किन्न खर्च भएको रकम १३ लाख नौ हजार नियमविपरीत ठहर गरेको हो ।

सो रकम पालिकाको कोषमा फर्काउनसमेत कार्यालयले निर्देशन दिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपश्चात् बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा मीरा भुर्तेल निर्वाचित भएका थिए।

महालेखाको प्रतिवेदनमा प्रदेश नं १ को गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधासम्बन्धी ऐन २०७५ ले हरेक पदाधिकारी तथा सदस्यलाई सञ्चार सुविधासम्बन्धी व्यवस्था गरेको जनाउँदै स्मार्ट फोन किन्ने सुविधा ऐनमै नभएको उल्लेख छ ।

ऐनमै नभएको सुविधाबापत खर्च रकम असुल गरिनुपर्ने प्रतिवेदनमा प्रस्ट उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार