इलाम । प्रदेस नं १ का क्रियाशील महिला पर्यटन ब्यवसायीको क्षमता विकास सम्बन्धि दुई दिवसिय तालिम इलाममा सम्पन्न भएको छ । तालिममा १ नम्बर प्रदेशका ६ जिल्लाबाट ४६ महिला पर्यटन ब्यवसायिहरुको सहभागिता रहेको थियो ।
नेपाल पर्यटन बोर्डको सहयोग तथा इलाम नगरपालिका, नगर पर्यटन प्रवर्द्धन समिति इलामको आयोजनामा यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि महिला पर्यटन ब्यवसायी मञ्च पोखराले सहजीकरण गरेको थियो ।

तामिलको समापनपछि महिला पर्यटन ब्यवसायिहरुलाई सगठित भएर ब्यवसाय गर्न प्रेरित गर्दै प्रदेश स्तरमा सुशीला सापकोटाको संयोजकत्वमा २१ सदस्यीय महिला पर्यटन ब्यवसायी मंच प्रदेश १ को तदर्थ समिती गठन भएको भएको छ । नगर पर्यटन प्रवद्र्धन समिति इलामको आयोजनामा भएको २ दिने तालिमको सहयोग नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग गरेको थियो ।

महिला पर्यटन ब्यवसायी मञ्च पोखराका देवका पहारी, पावर्ती पाण्डे, जमुना बर्षा सर्मा, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण साहले सहजिकरण गरेका थिए । नगर पर्यटन प्रवद्र्धन समिति इलामका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षता भएको तालिमको समापनमा इलाम नगर प्रमुख प्रमुख केदार थापाले प्रमाणपत्र वितरण गरेका थिए । तालिमको अवसरमा नगर पालिका उप–प्रमुख बिष्णु दाहलले पर्यटन व्यवसायमा महिलाहरुको सहभागिता बढाउन नगरपालिका तयार रहेको बताएकी थिइन् ।


