सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिका स्थित धुवा खोला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पर्यटन मन्त्री खिनु लङ्वाको पहलमा निर्माण शुरु भएको पुल आर्थिक वर्ष २०७६÷७७ मा ठेक्का संझौता भएको थियो । धुवाखोला पुल इलाममा प्रदेश सरकारको निर्माणाधिन गौरवको आयोजना हो । इलामको सन्दकपूर गाउँपालिमा निर्माण हुँदै आएको पुलको काम अहिले ९५ प्रतिसत सकिएको छ ।
३ करोड ४० लाख ६८ हजार ८० मा २०७७ जेठ २१ मा ठेक्का संझौता भएको थियो । २०७९ असार २० मा निर्माण सम्पन्न मिति रहेको पुलको निर्माण कम्पनी शंकर त्रिशक्ति नायग्रा जेभी वितिय प्रगती ७७ प्रतिशत र भौतिक प्रगती ९५ प्रतिशत पुगेको छ । पुल निर्माण भएपछि इलामको सन्दकपूर गाउँपालिका ४ र ५ का वडाबासीलाई प्रत्यक्ष फाइदा पुग्ने र पर्यटन प्रवद्र्धनका काममा पनि सहयोग पुग्ने १ नम्बर प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुले बताइन् ।