इलाम। मदन भण्डारी फाउण्डेसन इलामको नयाँ नेतृत्व चयन भएको छ । भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा सम्पन् चौथो जिल्ला अधिबेशनबाट अध्यक्षमा प्रकाश अधिकारी चयन भएका हुन् ।
उपाध्यक्षमा रमेश राई, सचिव छवि श्रेष्ठ, सह–सचिव सावित्रा शिवा र कोषाध्यक्षमा दिपेन्द्र खनाल निर्वाचित भएका छन् । सदस्यहरुमा शिब भण्डारी, धन ब.फियाक, दिनेश ढकाल, मित्र खड्का, सिताराम घिमिरे, प्रवेश पराजुली नोमनाथ खतिवडा, प्रेम गुरूङ, र चन्द्र बर्देवा रहेका छन् ।
अन्य सदस्यहरुमा तुलसा खत्री, विपनम गुरूङ, प्रदिप अधिकारी, प्रकाश खनाल, खम्बासिंह लिम्बू, कुश ब. थेवे, सटेन्द्र जवेगु, तेजमाया गुरूङ, कुलचन्द्र कट्टेल, दामोदर चापागाईं र एल.बी थाम्सुहाङ रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदय बहादुर राई, प्रदेश सदस्य गणेश बराल लगायतको आतिथ्यता रहेको थियो ।