इलामको माइजोगमाइ गाउँपालिकामा आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । माईजोगमाई गाउपालिका प्रमुख कुश बहादुर थेवेले आर्थिक बर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रम अन्तर्गत कृषि तथा पशुपंक्षी विकास नीति वातावरण संरक्षण नीति , विपद व्यबस्थापन नीति ,भौतिक तथा पुर्वाधार विकास , सडक तथा यातायात , खानेपानी तथा सरसफाई , विधुतिय तथा वैकल्पिक उर्जा सम्बन्धि ,वस्ती विकास तथा भूकम्प प्रतिरोधी भवन निर्माण नीति निर्माण गर्ने गाउँपालिकाको योजना छ ।








