Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम साना सहरी खानेपानी आयोजनाले वितरण पाइपलाइन र धाराकाे परिक्षण

इलाम साना सहरी खानेपानी आयोजनाले वितरण पाइपलाइन र धाराकाे परिक्षण

  • सुजन तिमल्सिना
  • शनिबार, जेष्ठ २८ २०७९


इलाम साना सहरी खानेपानी आयोजनाले वितरण पाइपलाइन र धाराकाे परिक्षण

इलाम । इलाममा निर्माण भइरहेको साना सहरी खानेपानी आयोजनाको ९७ प्रतिशत काम पुरा भएको छ । एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको सहरी खानेपानी उपभोक्ताका घर÷घरमा पानी झार्ने र परिक्षणको काम काम भइरहेको उपभोक्ता समिति अध्यक्ष तथा इलाम नगर प्रमुख केदार थापाले बताए ।

थापाले नगरपालिका भित्र रहेका सडकहरु निर्माणले वितरण पाइपमा केही क्षति पुगेकोले वितरण पाइपलाइनको परिक्षणको काम गरि पुनः मर्मत गर्ने तयारी रहेको बताए । उनका रिर्जव टंकी र वितरण लाइनहरुमा परिक्षणको काम धमाधम भइरहेको छ ।


करिब चार हजार घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्य राखिएको आयोजनामा हाल सम्म २८ सय धारा जडान गरिसकिएको र धारामा पानी परिक्षणको काम धमाधम भइरहेको इञ्जिनियर कपिलदेव यादवले बताए । तर सडक र टेलिकमको फाइबर लगाउने क्रममा खानेपानीको पाइप फुटेका कारण समस्या भएपनि मर्मत गरि पानि परिक्षणको काम धमाधम भइरहेको उपभोक्ता समिति कोषाध्यक्ष प्रभार्स सर्माले बताए । ८४ करोड करोड ७९ लाख १८ हजार छ सय १५ रूपैयाँ कूल लागत रहेको आयोजनाको निर्माणका लागि भने ५७ करोड ९५ लाख रुपैयाँको सम्झौतामा आयोजनाको काम भइरहेको र अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापक मेघराज धिमालले बताए ।

आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्नेछ । सुरुको लागतको अनुमानित रकम ५ प्रतिशतले हुन आउने ४ करोडभन्दा बढी कम उपभोक्ताले जम्मा गरेका थिए । यो आयोजनाको पानी आएपछि इलाम बजार र आसपासका क्षेत्रका उपभोक्ताले चौबीसै घण्टा पानी प्राप्त गर्नेछन् । एसियाली विकास बैंकको मुख्य लगानी रहेको आयोजनाको रमण कन्स्ट«क्सन एन्ड जिआइइटिसी जेभीले काम गरिरहेको छ ।

४१ किलोमिटर आयोजनाको प्रसारण लाइन हुनेछ । आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १ सय धारामा चौबीसै घण्टा खानेपानी आउने छ । आयोजनाको लाभान्वित संख्या २०१९ मा २८ हजार एक सय ७२ र २०३९ मा ३९ हजार आठ सय ६० जनसंख्या प्रक्षेपण गरिएको उपभोक्ता समितिका सचिव तिलक ठकुरीले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार