Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

‘गठबन्धनले हामीलाई फाइदा भएन, एक्लै लडेको भए धेरै ठाउँमा जित्थ्यौं’ : झलनाथ खनाल

‘गठबन्धनले हामीलाई फाइदा भएन, एक्लै लडेको भए धेरै ठाउँमा जित्थ्यौं’ : झलनाथ खनाल

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ २८ २०७९


‘गठबन्धनले हामीलाई फाइदा भएन, एक्लै लडेको भए धेरै ठाउँमा जित्थ्यौं’ : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको सही ढंगले मुल्यांकन नगरेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई बोल्दै उनले भने, ‘हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएका छौँ। ८ महिनाको छोटो अवधिमा देशव्यापी रुपमा पार्टी बनाइसकेका छौँ। स्थानीय तहको निर्वाचनमा देशव्यापी रुपमा गठबन्धन बनाएर सामना गर्ने प्रयास गरेका थियौँ, तर गठबन्धनमा हाम्रो सही मुल्यांकन र सम्मान भएन।’

पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाँदा आफूहरुलाई फाइदा नभएको दाबी गरे। गठबन्धन गर्दा आफूहरुले सबै छाडेर अन्य दललाई सहयोग गर्नुपरेको उनको गुनासो छ। ‘गठबन्धनले हामीलाई फाइदा भएन। हामी एक्लै उभिएको ठाउँमा राम्रो विजय प्राप्त गरेका थियौँ। गठबन्धन गर्न हामीले मात्रै सबै गुमाउनुपर्ने भयो। हामीले मानेनौँ।

अब संगठनलाई विस्तार गरेर पार्टीलाई लोकप्रिय र असल व्यक्तिलाई उम्मेदवार बनाएर अगाडि जानुपर्छ’ उनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार