Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सारेगमप लिटल च्याम्प कृपा र रोशाको ‘फोन आउँला की’ सार्वजनिक (भिडियो सहित)

सारेगमप लिटल च्याम्प कृपा र रोशाको ‘फोन आउँला की’ सार्वजनिक (भिडियो सहित)

  • राेशन काफ्ले
  • शनिबार, जेष्ठ २८ २०७९


सारेगमप लिटल च्याम्प कृपा र रोशाको ‘फोन आउँला की’ सार्वजनिक (भिडियो सहित)

इलाम । सारेगमप लिटल च्याम्प बिजेता कृपा पौडेल र फस्ट रनरअप रोशा फुयाँलको स्वरमा रहेको गित सार्वजनिक भएको छ । ‘फोन आउँला की’ बोलको गित शुक्रबार सार्वजनिक भएको हो । दुवैले पहिलो पटक संयुक्त रुपमा गित निकालेका हुन् । शब्द तथा संगित रचनाकार तथा संगितकार अग्नि पराजुलीको रहेको छ भने एरेन्ज विश्व अधिकारीको रहेको छ ।

आकाश गौतमले मिक्सिङ्ग गरेको गित ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । नेपालको चर्चित रियालिटी सो को विजेता र फस्ट रनर अपका २ झापाली गायिकाहरुलाई एकैसाथ मौका दिएको र उनिहरुले गितमा आफ्नो उत्कृष्ट प्रस्तुती दिएको पराजुलीले बताए । आफुले माया गरेको मान्छे आफुभन्दा टाढा हुँदा उस्को फोनको प्रतीक्षामा बसेकी उसकी मायालुले गित मार्फत आफ्नो भाव पोखेको छिन् ।

विजेता र फस्ट रनर अपले एउटै गितमा स्वर दिएर गाएको यो पहिलो गित समेत रहेको संगितकार पराजुलीले जानकारी दिए । यता सारेगामपा लिल च्याम्प विजेता भए सगै कृपाको आधा दर्जन बढी गितहरु आउने तयारिमा छ भने उनको आवाजको पहिलो गित फोन आउलाकी रिलिज भैसकेको छ ।

त्यस्तै फस्ट रनर अप रोशाको पनि दर्जन बढी गितहरु रेकर्ड भइसकेको र आउने तयारीमा रहेको छ । उनले स्वर भरेका ३ वटा गितहरु बजारमा आईसकेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार