Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

हर्कटे दुर्घटनामा कर्णाली साकोसका उपाध्यक्ष खरेलको मृत्यु, ५ घाइते

हर्कटे दुर्घटनामा कर्णाली साकोसका उपाध्यक्ष खरेलको मृत्यु, ५ घाइते

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २७ २०७९


हर्कटे दुर्घटनामा कर्णाली साकोसका उपाध्यक्ष खरेलको मृत्यु, ५ घाइते

इलाम । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको हर्कटेमा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा परी संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलको मृत्यु भएको हो ।

कर्णाली साकोसका पदाधिकारी चढेको स्कोरपियो बिर्तामोडबाट इलामतर्फ जाँदै गर्दा साँझ ६ बजेतिर हर्कटेमा बाटोभन्दा तल झरेको सहकारीका कर्मचारी तारा राईले बताए । दुर्घटनामा परी सहकारीका अध्यक्ष टिएस प्रधान, कोषाध्यक्ष एकराज विष्ट, सदस्य गणेश पराजुलीलगायत घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।

उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । गाडीमा ६ जना सवार रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार