Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

टी बोर्डको निर्वतमान कार्यकारी निर्देशक गौतम विरुद्ध विशेष अदालतमा आरोपत्र

टी बोर्डको निर्वतमान कार्यकारी निर्देशक गौतम विरुद्ध विशेष अदालतमा आरोपत्र

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २७ २०७९


टी बोर्डको निर्वतमान कार्यकारी निर्देशक गौतम विरुद्ध विशेष अदालतमा आरोपत्र

इलाम । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्वतमान कार्यकारी निर्देशक शेषकान्त गौतम माथि आरोप पत्र दायर गरिएको छ । अख्तियार दुरुयोग अनुसन्धान आयोगले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सुचना बमोजिम विभिन्न पदमा पदपुर्तिका विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको उजुरीको आधारमा विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको हो ।

गौतम सहित दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंक प्रसाद ओली उपर भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आरोपपत्र दायर गरेको जनाइएको छ ।

अख्तियारद्धारा जारी विज्ञप्तीमा पदपूर्ति समितिको संयोजक गौतमले न्यूनतम शैक्षिक योग्यता हेर्ने जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुको दरखास्त फाराम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको, दरखास्त स्वीकृत गर्ने कर्मचारीहरुले प्रचलित कर्मचारी सेवा सम्बन्धी विनियमाली, २०६५ को अनुसूची–३ तथा असोज २ गतेको सूचनामा उल्लेखित न्यूनतम शैक्षिक योग्यता नहेरेको आरोप छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तीमा लेखिएको ‘ न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई छिपाई योग्यता नपुगेका आवेदकहरुको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेकोले पदपूर्ति उपसमितिको संयोजक भई काम गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंक प्रसाद ओली उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को सोही दफा बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । ’

प्रतिक्रिया
सम्बन्धित समाचार