इलाम । नेकपा एमाले इलामले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा बिजयी भएका पालिका प्रमुख एवम उपप्रमुखहरुलाई बधाई तथा प्रशिक्षण दिएको छ । एमालेबाट ७ वटा पालिकामा बिजयी भएका प्रमुख उपप्रमुख एवम अध्यक्ष उपाध्यक्षलाई प्रशिक्षण दिएको हो । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेबाट निर्वाचित १० जना जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको थियो ।

जनप्रतिनिधिहरुलाई पार्टीका इलाम अध्यक्ष महेश बस्नेत, प्रदेश सदस्य एवम जिसस इलामका प्रमुख गणेश बराल, जिल्ला उपाध्यक्ष उदय बहादुर राई लगायतले प्रशिक्षण दिएका थिए । स्थानीय तहको निर्वाचनमा एमालेले इलामको माई र देउमाईमा नगर प्रमुख र उपप्रमुख जितेको थियो । ३/३ वटा पालिका अध्यक्ष र उपाध्यक्षमा बिजय हासिल गरेको थियो ।