Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

मुस्ताङका स्थानीय भन्छन्- ठूलो आवाज सुनिएको र आगो बलेको देख्यौँ

मुस्ताङका स्थानीय भन्छन्- ठूलो आवाज सुनिएको र आगो बलेको देख्यौँ

  • सन्देश सम्बाददाता
  • आइतबार, जेष्ठ १५ २०७९


मुस्ताङका स्थानीय भन्छन्- ठूलो आवाज सुनिएको र आगो बलेको देख्यौँ

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान खोजीको लागि टोली मुस्ताङको घाँसा केन्द्रित भएका छन्। स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।

१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको हो। हेलिकोप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरु खोजीमा गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर राजकुमार तामाङले बताए। मौसमका कारण समस्या भएको उनले बताए।

बेपत्ता भएको तारा एयरमा कोको थिए :-
१. क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी
यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर

प्रतिक्रिया
सम्बन्धित समाचार