Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

झापाको बाहुनडाँगी क्षेत्रमा हुलका हुल हात्ती

झापाको बाहुनडाँगी क्षेत्रमा हुलका हुल हात्ती

  • सन्देश सम्बाददाता
  • शनिबार, जेष्ठ १४ २०७९


झापाको बाहुनडाँगी क्षेत्रमा हुलका हुल हात्ती

झापा । पूर्वोत्तर झापाको बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठुलो संख्यामा जंगली हात्तीको हुल आउन थालेसंगै स्थानीयहरु त्रसित भएका छन् । भारततर्फबाट दैनिक ५० देखि एक सयभन्दा बढी संख्यामा हुल बाँधेर जंगली हात्ती बाहुनडाँगी प्रवेश गर्ने गरेको मानव हात्ती द्वन्द व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेतीले बताए ।

मेचीनगर वार्ड नंं १ र ४ मा पर्ने क्षेत्रहरुमा दैनिक रुपमा हुल बाँधेर आउने हात्तीलाई मेची खोलामा लगाइएको विद्युतीय तारबारले रोकेकाले धेरै क्षति हुन नपाएको अध्यक्ष उप्रेतीले बताए । उनले भने, ‘एक दुई वटा हात्ती जहिले पनि आइरहेकै हुन्छ तर हुल हात्ती बिषेश गरेर यो बेला आउने गर्छ ।’

केही दिनअघि हुल हात्ती आएको बेला १२, १३ वटा हात्ती भने विद्युतीय तारमा क्षति पुर्याइ गाउँ पसेर खेतीमा धेरै क्षति गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए । ठुलो संख्यामा हात्तीको हुल आउने भएकाले पनि जुनसुकै बेला बाहुनडाँगी क्षेत्रमा गम्भीर क्षति हुनसक्ने खतरा बढेको पनि उप्रेतीले बताए ।

एक्लै आउने हात्तीहरु भने प्रायःजसो गाउँ पस्ने गरेका कारण उनीहरुले नियमितरुपमा सामान्य क्षति गरिरहेको अध्यक्ष उप्रेतीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार