Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पदभार ग्रहण गर्दै देउमाई नगरपालिका प्रमुखकाे तीन घाेषणा

पदभार ग्रहण गर्दै देउमाई नगरपालिका प्रमुखकाे तीन घाेषणा

  • लोकल सन्देश
  • सोमबार, जेष्ठ ९ २०७९


पदभार ग्रहण गर्दै देउमाई नगरपालिका प्रमुखकाे तीन घाेषणा

देउमाइ । नगर प्रमुख सुर्य प्रसाद पाेख्रेलले पदभार ग्रहण गर्दै ३ वटा याेजना अघि सारेका छन् ।  देउमाई नगरपालिका भित्र सम्पूर्ण गर्भवती महिलाहरूलाई सुरक्षित रूपमा सुत्केरी गराउनका लागि अस्पताल सम्म नि:शुल्क पुर्याउने प्रयाेजनका लागि आवश्यक एम्बुलेन्स खरिद प्रकृया तत्काल अघि बढाउने ।देउमाई नगरभित्र रहेका चुहिने छाना भएका घरहरूलाई आवश्यक भएमा लागत सहभागिताकाे आधारमा नगरपालिकाबाट पाँच बण्डल जस्ता पाता वितरणका लागि आवश्यक सम्पूर्ण प्रकृया व्यवस्थित गर्ने।
र नेपाल सरकारले साताकाे २ दिन शनिवार र आईतवार सार्वजनिक विदा दिनेभनि राजपत्रमा समेत सुचना प्रकाशित गरिसकेकाे अवस्थामा यस देउमाई नगरपालिका भित्र रहेका सामुदायिक विध्यालयहरू साताकाे १ दिन शनिबार मात्र बिदा गरि बाँकी ६ दिन याथावत रूपमा पठनपाठनकाे व्यवस्था मिलाउने ।

प्रतिक्रिया
सम्बन्धित समाचार