Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पुर्व प्रधानमन्त्री खनालद्धारा इलामका जनप्रतिनिधिलाई बधाई

पुर्व प्रधानमन्त्री खनालद्धारा इलामका जनप्रतिनिधिलाई बधाई

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ ८ २०७९


पुर्व प्रधानमन्त्री खनालद्धारा इलामका जनप्रतिनिधिलाई बधाई

फिक्कल ।  पुर्व प्रधानमन्त्री एवम नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामका १० वटै पालिकाका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिएका छन् ।

खनालले विज्ञप्ती जारी गर्दै लेखेका छन् ‘ संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्न लोकतन्त्रलाई तल्लो तहसम्म पु¥याउन स्थानीय तहको विकासको गतिलाई द्रुत गतिम अगाडी बढाउन केन्द्रीकृत प्रणालीलाई विकेन्द्रित प्रणालीमा रुपान्तरण गर्न र स्थानीय जनताको आवाज स्थानीय तहबाटै छिटो छरितो रुपमा सम्बोधन गर्नका लागि यो स्थानीय तहको सरकार बनेको हो ।’

खनालले थप लेखेका छन् ‘ स्थानीय तहको सरकारलाई नेतृत्व गर्नका लागि निर्वाचित हुनुभएका इलाम जिल्लाका १० वटै पालिकाका सम्पुर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुलाई म हार्दिक बधाई दिन चाहन्छु ।’ उनले राष्ट्रियता, सामाजिक न्याय, समानता र समाजवादको बाटोलाई अबलम्बन गर्दै स्थानीय जनताको समस्याहरु र आवश्यकतालाई सन्तुलित तीब्र र दिगो विकास मार्फत सम्बोधन गर्ने विश्वास लिएका छन् ।

सुखी इलामेली समृद्ध इलाम नारा बनाउनुपर्ने बताए । उनले इलामको विकासमा सदैव आफुले सहयोग गर्ने बताए । खनालले मर्यादित, शान्तिपुर्ण र निष्पक्ष ढंगले सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार