नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा वडा नंं १ को वडाध्यक्षको छिनोफानो नहुन्जेल वडा नं ६ को मतगणना नगर्न गठबन्धन दलले निर्वाचन कार्यालयमा निवेदन दिएका छन् । वडाको मतवपरिणाम सार्वजनिक भएपछि मात्र वडाको गणना प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति नरेन्द्र देवान, नेकपा एकिकृत समाजवादीका अध्यक्ष जित बहादुर निरौला र माओवादी केन्द्र का देवि शिवाकोटीले संयुक्त गठबन्धनबाट हस्ताक्षर सहित निर्वाचन कार्यालयनयाँबजार । लाई निवेदन पेस गरेका छन् ।
माईजोगमाई वडा नं १ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबरी भएपछि सो वडामा वडाध्यक्ष टुंगिन बाँकी रहेको छ ।
