Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माङ्सेबुङ–६ मा एमालेको प्यानल बिजयी

माङ्सेबुङ–६ मा एमालेको प्यानल बिजयी

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १ २०७९


माङ्सेबुङ–६ मा एमालेको प्यानल बिजयी

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका–६ मा नेकपा एमालेले प्यानल जितेको छ । वडाध्यक्ष प्रदिप साङ्पाङ सहित सवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । उनले ८३० मत प्राप्त गरे । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जिवनकुमार राईले ३२४ मात्र प्राप्त गरे ।

महिला सदस्यमा ६९६ मतका साथ पुनम सम्वाहाम्फे निर्वाचित भइन् । उनको निकटतम प्रतिद्धन्द्धी कविता राईले ३८० मत प्राप्त गरिन् । सदस्यमा खगेन्द्र खड्का र दिवस राई निर्वाचित भए । उनीहरुले क्रमश ६६६ र ७४० मत प्राप्त गरे ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका आशिस राई र गोबिन्द खड्काले क्रमश ३८८ र ३२१ मत प्राप्त गरे । त्यसैगरी दलित महिला सदस्य धनकुमारी विश्वकर्मा यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार