नयाँबजार । महिला कर्मचारी मात्र खटाइएको छ इलामको माईजोगमाई गाउँपालिका–१ स्थित अमर कल्याण मावि नयाँबजारका केन्द्र (क) मा करिब ६५ प्रतिशत मतदान भएको छ ।
सहायक निर्वाचन अधिकृत भाग्वत प्रसाद रेग्मीका अनुसार ३ बजेसम्म करिब ६५ प्रतिशत मतदान भएको जानकारी दिए । सो केन्द्रमा ८६८ मतदाता रहेका छन् ।