Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

भयरहित निर्वाचन सम्पन्न गर्न माईजोगमाई गाउँपालिकामा सर्वदलिय बैठक

भयरहित निर्वाचन सम्पन्न गर्न माईजोगमाई गाउँपालिकामा सर्वदलिय बैठक

  • रोशन काफ्ले
  • बिहिबार, बैशाख २९ २०७९


भयरहित निर्वाचन सम्पन्न गर्न माईजोगमाई गाउँपालिकामा सर्वदलिय बैठक

 नयाँबजार । भोलि हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कार्यलय नयाँबजार र राजनैतिक दलका जनप्रतिनिधिहरु पत्रकारहरु सुरक्षाकर्मी लगायत सर्वदलिय बैठक बसेर निर्वाचनलाई भयरहित निष्पक्ष ढंगबाट गराउन सहमती भएको छ ।

साथै भोलिको निर्वाचनको सम्पूर्ण कामहरु समेत सकिएको छ । मतदान अधिकृत सह अधिकृत कर्मचारी मतपेटिका मतपत्र लगायत निर्वाचनमा चाहिने सम्पूर्ण आवश्यक सामानहरु मतदान केन्द्रहरुमा पुगिसकेको माईजोगमाई गाउपालिका प्रमुख प्रशासकिय अधिकृत तथा माईजोगमाई निर्वाचन सह अधिकृत भागवत प्रसाद रेग्मीले जानकारी दिए ।

आज बसेको सर्वदलीय बैठ्कमा नेकपा एमाले ,संयुक्त गठबन्धनबाट नेपाली काङ्ग्रेस , नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा , स्वतन्त्र तथा सुरक्षा निकायका प्रमुखहरु पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

सर्वदलीय बैठकले निर्वाचन अचारसंहिता निर्वाचनमा पार्टीबाट खटिने एजेन्ट निर्वाचनमा गरिने सम्पूर्ण कार्यहरु नियम संगत लग्ने लगायत अन्य निर्वाचन आचारसंहिताका बिषयमा भयरहित निष्पक्ष ढंगले गर्ने सबैमाझ सहमती भएको छ ।

माईजोगमाई गाउँपालिकाको सम्पुर्ण मतदान स्थलमा शान्तिपूर्ण ढंगबाट निर्वाचन गर्ने सहमती भएको हो । भोलि निर्वाचन सकिएपछि सम्पूर्ण बुथहरु माईजोगमाई गाउपलिका निर्वाचन कार्यलयमा ल्याइसकेपछि पुनः सर्वदलीय बैठक बसेर मत गणना गर्ने प्रारम्भिक सहमती समेत भएको छ । मतगणना स्थलमा सिसिटिभी तथा तार जाली लगाएर व्यस्थित गरिएको छ ।

माईजोगमाई गाउँपालिकामा जम्मा मतदान केन्द्र २० वटा र मतदान स्थल ११ वटा रहेको छ । गाउँपालिकामा ७ हजार ७३८ महिला र ८ हजार ८२८ पुरुष गरि जम्मा १६ हजार ५६६ मतदाता संख्या रहेको माईजोगमाई गाउपालिका निर्वाचन कार्यलयले जानकारी दिएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार