Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख २८ २०७९


इलाममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाम । ट्रकको ठक्करबाट इलाममा आज एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ना ४ ख ५६६९ नम्बरको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मे १ प ६५४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा ३५ बर्षिय चालक धनबहादुर राईको मृत्यु भएको हो ।

ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पाँचथर याङ्बरक गाउँपालिका– ४ घर भई इलाम नगरपालिका–९ शेरा बस्ने राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए ।

घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार