Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय–६ मा चुनावी माहौल तात्दै

सूर्योदय–६ मा चुनावी माहौल तात्दै

  • गोपाल गिरी
  • शुक्रबार, बैशाख २३ २०७९


सूर्योदय–६ मा चुनावी माहौल तात्दै

 कन्याम । आगामी बैसाख ३० गतेको स्थानीय तहको दोस्रो निर्वाचनमा देशकै ध्यान केन्द्रित भएको छ । गठबन्धनका नेताहरु देखि प्रतिपक्षि दल नेकपा(एमाले) का नेताहरु चुनाव केन्द्रित देश दौडाहामा छन् । इलाम जिल्लाकै ठूलो स्थानीय तह सूर्योदय नगरपालिकाको वडा नम्बर ६ मा विगतको भन्दा फरक ढङ्गले चूनावी माहौल तातिरहेको छ ।

वडा नं ६ मा सौहार्दपूर्ण वातावरण वीच उम्मेद्वारहरु पालैपालो मतदाता कहाँ पुगी आफ्नो कुरा मतदाता समक्ष राख्दै मत मागिरहेका छन् । तिहरमा देउसी नाँच हिडाएको झल्को दिने गरी गाना बजाना गर्दै यस क्षेत्रका युवाहरु चुनावी प्रचारमा खटिएका छन् । यस पटक वडाध्यक्ष पदको लागि नेकपा(एमाले), नेकपा ( एकिकृत समाजवादी) , नेपाली कांग्रेस,मंगोल नेसनल अंर्गनाइजेसन लगायतका दलहरुले यस वडा बाट उम्मेद्वारी दिएका छन् ।

यस पटक २०७४ को सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित निवर्तमान वडाध्यक्ष शिवकुमार बस्नेत नेकपा ( एकिकृत समाजवादी )बाट कलम चिन्ह लिएर चूनावी मैदानमा छन् गत निर्वाचनमा बस्नेतले नेपाली कांगे्रस र माओवादी संयुक्त प्यानलका उम्मेद्धार श्रीप्रसाद खरेललाई झिनो मतान्तरले हराएका थिए ।

त्यसैगरी नेकपा (एमाले) बाट पूराना एमाले कार्यकर्ता घनश्याम तिवारी, नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र शिवाकोटी प्रतिस्पर्धामा उत्रेका छन् । मंगोल नेशनल अर्गनाइजेसन बाट कर्मसिंग तामाङ चुनावी मैदानमा छन् । नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी ,राप्रपा लगायतका दल बाट भने वडाध्यक्षको उम्मेद्वारी परेको छैन ।

नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्यको लागि सौरभ आचार्य लाइ एकल उम्मेद्धारको रुपमा उभ्याएको छ । नगरमा एक वडा सदस्य को लागि सिट छाड्ने सहमती नेकपा एसले तोडे पछि माओवादीले वडा सदस्य पदमा एकल उम्मेद्धार को रुपमा आचार्यलाइ उठाएको हो ।

उता नेपाली कांग्रेस का तर्फ बाट वडा सभापति समेत रहिसकेका पूर्व शिक्षक डुकराज पौडेलको नाम वडा समिति बाट सर्वसम्मत भएर पनि टिकट नमिले पछि चालिस बर्षे नेपाली कांग्रेस सम्मिलित राजनीतिक जीवनलाई पूर्णविराम लगाउदै मूढा चिन्ह सहित स्वतन्त्र उम्म्ेद्धारको रुपमा चुनावी मैदानमा छन् ।

तामाङ जातिको वाहुल्य रहेको यस वडामा यस पटक मुख्य तीन दल बाट नै तामाङ सामुदायको प्रतिनिधित्व रहेको छ । एमाले मार्फत होटल व्यवसायी समेत रहेका बिशाल तामाङ ,कांग्रेस बाट पर्यटन व्यवसायी बाबा उपनामले चिनिने प्रेम तामाङ ,एकिकृत समाजवादीले सन्तोस तामाङ लाइ वडा सदस्य पदको उम्मेद्धारको रुपमा अगाडि सारेको छ ।

अझ रोचक त यो छ कि मंगोल नेशनल अर्गनाइजेसन बाट वडाध्यक्ष उम्मेद्धार बनेका कर्मसिंग तामाङ र वडा सदस्य पदका उम्मेद्धार प्रेम तामाङ सरोदर दाजुभाइ हुन् । अत्यन्तै महत्वका साथ हेरिएको यस वडाको चुनावी प्रतिस्पर्धा तथा परिणामलाई लिएर जनमानसमा विभिन्न अडकल बाजीहरु सुरु भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार