Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सभ्य र सुसंस्कृत वडा बनाउन उम्मेदवारी : तिर्थ आचार्य सूर्योदय नगरपालिका १३ वडाध्यक्षका प्रत्यासी

सभ्य र सुसंस्कृत वडा बनाउन उम्मेदवारी : तिर्थ आचार्य सूर्योदय नगरपालिका १३ वडाध्यक्षका प्रत्यासी

  • लोकल सन्देश
  • मंगलबार, बैशाख २० २०७९


सभ्य र सुसंस्कृत वडा बनाउन उम्मेदवारी : तिर्थ आचार्य सूर्योदय नगरपालिका १३ वडाध्यक्षका प्रत्यासी

फिक्कल । सूर्योदय नगरपालिका १३ का वडाध्यक्षका उम्मेदवार तिर्थ आचार्यले सभ्य र सुसंस्कृत वडा बनाउने सेवा प्रवाहर चुस्त दुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार आचार्यले आफ्ना एजेन्डाहरु ठुला नभएपनि स्थानीय जनताको जिवनस्तर उकास्दै रोजगारीको ग्यारेन्टी रहेको बताए । उनले कृषि र व्यवसायिक पशुपालनलाई बढावा दिँदै आत्मनिर्भर बनाउन आफ्नो एजेन्डा रहेको सुनाए ।

उनले स्वास्थ्य, शिक्षा लगायतका कुराहरुलाई जोड दिँदै गाँस, बास र कपासलाई सुनिश्चित गराउने बताए । २ दशक स्वास्थ्यकर्मीको रुपमा विताएका आचार्यले कसैको घरमा चामल छैन भन्ने अवस्था अन्त्य गराउँदै रोजगारी सृजना गराउने विविध योजनाहरु आफुले तयार गरेर चुनावमा होमिएको बताए ।

उनले विकास निर्माणमा हुने ढिलासुस्तीको खबरदारी रहने बताए । उनले ट्रयाक खोलिएका सडकहरु कम्तीमा ग्राभेल बनाउने लक्ष्य राखेर निर्वाचनमा होमिएको बताए ।

https://www.facebook.com/Localsandesh/videos/886829232036423/

प्रतिक्रिया
सम्बन्धित समाचार