Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा निर्वाचन अघि नै ५ जना निर्विरोध

इलाममा निर्वाचन अघि नै ५ जना निर्विरोध

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख १८ २०७९


इलाममा निर्वाचन अघि नै ५ जना निर्विरोध

इलाम । निर्वाचन २ साता अघि नै इलाममा ५ जना निर्विरोध निर्वाचित भएका छन् । ४ जना दलित महिला सदस्य र एक जना महिला सदस्य निर्विरोध भएका हुन् । देउमाई नगरपालिका १ को दलित महिला सदस्यमा नेकपा (एमाले) की विष्णुमाया दियाली निर्वाचित भइन् ।

नेपाली कांग्रेसकी रमिला बराइलीले स्वास्थ्य स्वयमसेविकाबाट राजिनामा नगरी उम्मेदवारी दिएपछि उनको उम्मेदवारी रद्ध भएको थियो । नेकपा एकिकृत समाजवादीकी गंगा दियालीले उम्मेदवारी फिर्ता लिएपछि विष्णुमाया निर्विरोध भएकी थिइन् ।

रोङ गाउँपालिका ४ को महिला सदस्यमा एमालेकै मीनादेवी तामाङ निर्विरोध भइन् । माङ्सेबुङ गाउँपालिका ६ को दलित महिला सदस्यमा एमालेकी धनकुमारी विश्वकर्मा र सन्दकपुर गाउँपालिका १ को दलित महिला सदस्य पनि एमालेकै दिलमाया कमिनी निर्विरोध निर्वाचित भइन् ।

गत स्थानीय तहको निर्वाचनमा आफ्नै बुहारीसंग भिडेकी दिलमायाको वडामा यस पटक गठबन्धन दलले दलित महिलामा उम्मेदवार पाएनन् । माइजोगमाई गाउँपालिका २ को दलित महिला सदस्यमा काङ्ग्रेसबाट रूपा (दियाली) विश्वकर्मा निर्विरोध भएकी छिन् । एमालेबाट उम्मेदवारी दिएकी कुमारी थामी दलित भएको पुष्टि हुन नसक्दा रुपा निर्विरोध भएकी हुन् ।
इलाममा एक हजार तीन सय २० उम्मेदवार
स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । जिल्लाका १० पालिकामा ४२० पदका लागि उम्मेदवारी दर्ता गराएका १ सय २९ जनाले फिर्ता लिएपछि निर्वाचनमा १ हजार ३ सय २० जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।  सबै पालिकामा एक हजार ४ सय ५६ जनाले मनोनयन दर्ता गराएका थिए ।

माई नगरपालिकामा ४५, फाकफोकथुम गाउँपालिकामा २०, इलाम नगरमा १९, चुलाचुली गाउँपालिमा १२, माइजोगमाई गाउँपालिकामा ११, सूर्याेदय नगरमा ८, देउमाई नगर र माङ्सेबुङ गाउँपालिकामा ४÷४ तथा रोङ र सन्दकपुर गाउँपालिकामा ३/३ जनाले मनोनयन फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अन्तिम नामावली सार्वजनिक गरेपछि आयोगले शनिबार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार