Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुममा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

फाकफोकथुममा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख १३ २०७९


फाकफोकथुममा अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा ५ जनाले उम्मेदवारी दिएका छन् । गाउँपालिका अध्यक्षका लागि गठबन्धनबाट नेपाली कांग्रेसका डिकबहादुर थापा, एमालेका दिपेन्द्र खनाल, गठबन्धनकै दल माओवादीबाट बुद्धमाया तामाङ, जनता समाजवादी पार्टीका कृष्णबहादुर खत्री र मंगोल नेशनल अर्गनाइजेसनबाट ठाकुरसिंह लिम्बुले उम्मदेवारी दिएका हुन् ।

उपाध्यक्षमा एमालेबाट कल्पना राई, काग्रेसबाट भद्रमाया खड्का, माओवादी केन्द्रबाट कुल बहादुर वान्तावा, मंगोल नेशनल अर्गनाइजेसनबाट सोनिया योङहाङ लिम्बु र स्वतन्त्र तेज प्रकाश पौड्यालले उम्मेदवारी दिएका हुन् । वडा अध्यक्षमा ३१ जना, दलित महिला सदस्य–१७ जना, महिला सदस्य–२१ र खुला सदस्यमा ४७ जनाले उम्मेदवारी दिएका हुन् ।

फाकफोकथुममा गठबन्धनबाट नेपाली कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्षमा उम्मेदवारी दिने सहमती भएको थियो । तर गठबन्धन भित्रैबाट बागी उम्मेदवार समेत खडा भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार