Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा गुरुङ सहित एमालेबाट असन्तुष्ट ३ जनाको उम्मेदवारी

सन्दकपुरमा गुरुङ सहित एमालेबाट असन्तुष्ट ३ जनाको उम्मेदवारी

  • किरण राई
  • सोमबार, बैशाख १२ २०७९


सन्दकपुरमा गुरुङ सहित एमालेबाट असन्तुष्ट ३ जनाको उम्मेदवारी

सन्दकपुर । इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिकामा नेकपा एमालेबाट विद्रोह गरि गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेका जिल्ला सचिव रहेको उमेश गुरुङ र जिल्ला सदस्य नन्दकुमार राई र चन्द्र राईले स्वतन्त्र उम्मदेवारी दिएका हुन् ।

गुरुङ गत स्थानीय तहमा समेत गाउँपालिका अध्यक्षका आकांक्षी थिए । तर पार्टीले उदयबहादुर राईलाई उम्मेदवार बनाएपछि गुरुङले टिकट पाएका थिएनन् । माओवादी केन्द्रबाट वडा नं १ को वडाध्यक्ष जितेका राई केही महिना अघि नेकपा एमाले प्रवेश गरेका थिए ।

एमाले प्रवेश गरेको ३ महिना नवित्दै वडाध्यक्षमा टिकट नपाएपछि एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । एमालेले रहर राईलाई वडाध्यक्षमा टिकट दिएपछि उनी स्वतन्त्र उमेद्धार बनेका हुन् । वडा नं ३ मा चन्द्र राईले स्वतन्त्र उम्मदेवारी दिएका छन् ।

उनले नेकपा एमालेबाट असन्तुष्टी व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका तुलाराम गुरुङले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एकिकृत समाजवादीका हरिबहादुर लुङ्गेलीले उम्मेदवारी दर्ता गराएका छन् ।

उनी अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेबाट सन्दकपुर २ को वडा सदस्यमा निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनले एकिकृत समाजवादी रोजेका थिए । वडा नम्बर १ अध्यक्षमा माओवादी केन्द्रका कलेन्द्र राई, वडा नं २ मा एकिकृत समाजवादीका सोनाम राई, वडा न ३ मा नेपाली कांग्रेसका लिला बुर्जा, वडा नं ४ मा जनता समाजवादी पार्टीका ढालबहादुर गुरुङ र वडा नं ५ मा नेपाली कांग्रेसका पदम थेवेले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेले आइतबार नै उम्मेदवारी दर्ता गराएको छ । एमालेले पुनः उदय राईलाई अध्यक्षमा अघि सारेको छ । उपाध्यक्षमा तुलसादेवी सेढाईलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार