Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • सन्देश सम्बाददाता
  • बिहिबार, बैशाख ८ २०७९


इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इलाम : स्थानीय तहको निर्वाचन प्रक्रिया अन्तर्गत इलाममा आज बिहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । इलाम सदरमुकामको इलाम नगरपालिका वार्ड ७ मा रहेको जिल्ला समन्वय समितिको नयाँ कार्यलयमा मुख्य निर्वाचन अधिकृत कार्यलय उद्घाटन भएको हो ।

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्नामले कार्यालयको उद्घटन गरेका हुन । उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत इङ्नामले निवार्चन सम्पन्न गर्नका लागी सबैलाई सहयोग गर्न अनुरोध गरे ।

प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुंगानाले भयरहित वातावरणमा चुनाव गर्ने गरी तयारी भइरहेको बताएका थिए । उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि तथा सरकारी कार्यलयका प्रमुखहरू र पत्रकारहरु सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार