Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

प्रदेश १ योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

  • लोकल सन्देश
  • शुक्रबार, चैत्र २५ २०७८


प्रदेश १ योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई आज पद तथा गोपनियताको सपथ गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ गराए । लोक्सोमसहित सदस्यहरू डा। ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् ।

त्यस अवसरमा नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई मुख्यमन्त्री राईले नियुक्ति पत्र पनि प्रदान गरे । यही चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरू प्रदेश योजना आयोगमा नियुक्त भका हुन् ।

सपथग्रहण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै मुख्यमन्त्रीराईले आयोगका नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई बधाई दिँदै भने, “संसद् र सरकारको समयावधि अब छोटो भएकाले कति पनि समय खेर नफाली आफ्नो सम्पूर्ण क्षमताका साथ तोकिएको जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने मेरो आशा छ ।”
संघीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको संसद्, झण्डै सोही प्रकारको सरकारका सामु थुप्रै चुनौती रहेको भन्दै राईले यस प्रणालीप्रति जनतालाई निराश हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार